१३ वटै उपसमूहको परिसूचक रातो, नेप्से र कारोबार रकम दुबै घट्यो

Sep 14, 2021 03:23 PM Merolagani

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात साेमबार ७ उपसमूहको परिसूचक उकालो लागेकोमा यस दिन सबै उपसमूहको परिसूचक घटेको हो।

जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक १.१९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.९८ प्रतिशत, वित्तको ०.९१ प्रतिशत, जलविद्युतको ०.८९ प्रतिशत र जीवन बीमाको ०.८७ प्रतिशत घटेको छ। सबैभन्दा कम घट्ने उपसमूह भने विकास बैंक र म्युचुअल फण्ड रहेका छन्। यी दुई उपसमूहको परिसूचक यस दिन ०.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रैराङ्ग हाइड्रोपावर र युनाइटेड मोदीको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचक यस दिन १८.५४ अंक घटेर २९२९.२८ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२१ अंक र फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२२ कम्पनीको ५९ हजार ८५४ पटकको कारोबारमा ५ अर्ब १९ करोड ५२ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मनकामना स्मार्ट लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य भने सर्वाधिक ५.५६ प्रतिशत घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।