एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको मूल्य समायोजन

Sep 17, 2021 08:54 AM Merolagani

असोज १ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन गरेको हो।

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले यस दिन लाभांश वितरण तथा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेको हो भने सानिमा इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज गरेको हो। एक्सेलको यस दिन १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर समायोजन भएको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ७६२ रुपैयँ ६८ पैसा निर्धारण भएको छ।

त्यसैगरी, नेप्सेले यस दिन सानिमा इक्विटी फण्ड (SAEF) को यस दिन ३३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात योजनाको इकाईमूल्य १२ रुपैयाँ ८५ पैसा तोकिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। भदौ ३१ गते, बिहीबार एक्सेल डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता १ हजार ५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने सानिमा इक्विटी फण्डको इकाई १६ रुपैयाँ १५ पैसामा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।