#आश्विन १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ % सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ । यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख रूपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रूपैयाँ बराबरको घातक रोगको बीमा, ५० हजार रूपैयाँ बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार रूपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार रूपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई प्रदान गरिने छ । सानिमा बैंकको वेबसाइट https://onlineaccount.sanimabank.com/#/login मा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।