बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ। भने सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेको छ।
यस दिन कारोबार रकममा भने केहि गिरावट देखिएको छ। मंगलबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब हाराहारीमा झरेको छ। यस दिन २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा खरिदबिक्री भएको छ।
बुधबार दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने केहि म्युचुअल फण्ड र ऋणपत्रको मात्रै मूल्य केहि घटेको छ।
यस दिन उच्च दरले बढ्ने कम्पनीको शीर्ष स्थानमा बेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक रहेका छन्।
बुधबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको १८ करोड ४८ लाख, आरएमडिसि लघुवित्तको १६ करोड ९९ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख, अपि पावरको १३ करोड २ लाख र महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएकमा छन्। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ७.७४ प्रतिशतले बढेको छ।