बैंकले ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। सो शेयर खरिद गर्न असोज १७ गतेदेखि २५ गतेसम्म आवेदन दिन सकिनेछ।
शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिने पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन। लगानीकर्ताले प्रभु क्यापिटलमा आवेदन बुझाउन सक्नेछन्।