नेप्से र कारोबार रकम दुबै घट्यो, तीन कम्पनीको शेयरमूल्य भने १० प्रतिशत बढ्यो

Sep 30, 2021 03:17 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै घटेको छ। यस दिन नेप्से परिसूचक ३२.५१ अंक घटेर २६३३.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४१ अंक, फ्लोट इण्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक घटेको छ।

नेप्से परिसूचक दैनिकजसो ओरालो लाग्न थालेपछि बजारमा शेयर कारोबार पनि घट्न थालेको छ। अघिल्लो कारोबार दिन ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२५ कम्पनीको ४९ हजार ८३५ पटकको कारोबारमा ३ अर्ब ७० करोड २९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

कारोबार रकम घट्नुले बजारमा बियर कमजोर हुँदै गएको जानकारहरु बताउँछन्। नेप्से बढ्दा कारोबार रकम बढ्नु राम्रो मानिन्छ भने नेप्से घट्दा कारोबार रकम घट्नु राम्रो मानिने जानकारहरु बताउँछन्। नेप्से घट्दा कारोबार रकम घट्नुले लगानीकर्ताहरु घटेको मूल्यमा शेयर बिक्री गर्न नचाहेको संकेत गर्ने उनीहरुको भनाइ छ।

नेप्से घटेपनि यस दिन ३ कम्पनीको शेयर भने १० प्रतिशत बढेको छ। यस दिन मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, यस दिन रु रु जलविद्युत परियोजनाको शेयरमूल्य ६.०५ प्रतिशत बढेको छ। यता, गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.९२ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक ०.२७ प्रतिशत र म्युचुअल फण्डको ०.१९ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.१८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत र वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावर र मेगा बैंकको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।