यूनिलिभरको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित हुँदै

Oct 06, 2021 08:28 AM Merolagani

यूनिलिभर नेपाल लिमिटेड (UNL) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले कात्तिक ११ गते दिउँसो ३ः४५ बजे अभौतिक माध्यम अर्थात भिडियो कन्फरेन्सको माध्यमबाट २८ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।