सातामा करिब २ प्रतिशत बढ्यो नेप्से

Oct 09, 2021 02:33 PM Merolagani

यस साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेको छ। गत साता २६३३.४२ विन्दुमा बन्द भएको नेप्से, यस साता १.८१ प्रतिशत अर्थात ४७.६८ अंक बढेर २६१८.१० विन्दुमा बन्द भएको छ।

यस साता सेन्सेटिभ इण्डेक्स १.५५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.९२ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ प्रतिशत बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। यस साता दैनिक औषतमा ३ अर्ब ८० करोडको शेयर कारोबार भएको छ। जबकी गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब २१ करोडको कारोबार भएको थियो। यस साता कारोबार संख्या र शेयर संख्यामा पनि कमी आएको छ। गत साताको तुलनामा यस साता शेयर संख्या ४४.५३ प्रतिशत घटेको छ भने कारोबार संख्या ४०.३६ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता बजार पूँजीकरण भने बढेको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण ६६ अर्ब रुपैयाँ बढेर ३७ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बढेका ९ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.७७ प्रतिशत बढेको छ। गत साता ४९६२.५८ विन्दुमा बन्द भएको लघुवित्त उपसमूहको परिसूचक यस साता ४३५.४० अंक बढेर ५३९७.९८ विन्दुमा पुगेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४७०.६७ अंक बढेको छ। यस साता व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक २.२५ प्रतिशत अर्थात ७०.२८ अंक घटेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा एनआईसी एशिया सेलेक्ट ३०, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, मल्टीपर्पस फाइनान्स लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, गुराँस लघुवित्त, निर्धन उत्थान लघुवित्त, आशा लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।