निक्षेप भन्दा झन्डै ५ गुणा बढ्यो वाणिज्य बैंकको कर्जा

Oct 17, 2021 02:26 PM MeroLagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन भन्दा ऋण प्रवाह झन्डै ५ गुणाले बढेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेप वृद्धि असोज २२ गतेसम्म जम्मा ५४ अर्ब ३४ करोड रुपैयाँ मात्र रहेको छ भने ऋणको वृद्धि भने २ सय ६२ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

नेपाल बैंकर एसोसिएसनले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष शुरु हुँदा सम्पूर्ण वाणिज्य बैंकहरुमा स्वदेशी निक्षेप ४ हजार ८० अर्ब र विदेशी निक्षेप १ सय २२ अर्ब गरेर कुल ४ हजार २ सय १ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चालु आर्थिक वर्षको असोज २२ सम्म आउँदा वाणिज्य बैंकहरुमा स्वदेशी निक्षेप ४ हजार १ सय ४ अर्ब र विदेशी निक्षेप १ सय ५१ अर्ब २९ करोड गरेर कुल ४ हजार २ सय ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । यो भनेको कुल निक्षेपमा करिब ३ महिनाको अवधिमा ५४ अर्ब रुपैयाँ मात्र बैंक निक्षेपमा वृद्धि भएको देखिएको छ ।

यता चालु आर्थिक वर्षको शुरुवातमा स्वदेशी मुद्रामा ३ हजार ५ सय ६७ अर्ब र विदेशी मुद्रामा १ सय ५४ अर्ब गरेर कुल ३ हजार ७ सय २१ अर्ब कर्जा प्रवाह भएकोमा असोज २२ गतेसम्म आउँदा ३ हजार ८ सय २६ अर्ब स्वदेशी मुद्रामा र १ सय ५७ अर्ब १८ करोड विदेशी मुद्रामा कर्जा प्रवाह गरी कुल ३ हजार ९ सय ८३ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । करिब ३ महिनाको अवधिमा बैंकहरुको कर्जा २ सय ६२ अर्ब २२ करोड रुपैयाँले बढेको देखिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।