प्रि ओपन सेसन अपडेटः करिब १ अंक घट्यो नेप्से

Oct 18, 2021 10:53 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९३ अंक घटेर २६५६.०४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेको छ।

यस दिन सो सेसनमा १६ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।