केन्द्रिय बैंकको निर्देशनपछि बैंकहरुले गरे ब्याजदर संशोधन, कुन बैंककाे अधिकतम ब्याजदर कति?

Oct 21, 2021 09:45 AM Merolagani

केन्द्रिय बैंकको निर्देशनपछि बैंकहरुले ब्याजदर संशोधन गरेका छन्। बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरेका हुन्।

दशैं लगत्तै बैंकहरुले अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका थिए। जथाभावी ब्याजदर बढाउन थालेपछि केन्द्रिय बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतमात्र ब्याजदर बढाउन पाउने गरी कडाई गरेपछि बैंकहरुले ब्याजदर संशोधन गरेका हुन्।

संशोधनपश्चात अधिकांश बैंकहरुको अधिकतम ब्याजदर ९.३६ प्रतिशत कायम गरेका छन्। मुद्दती निक्षेपमा अधिकतम ११.६७ प्रतिशत ब्याज दिने घोषणा गरेको हिमालयन बैंकले ब्याजदर संशोधन गरी ९.३६ प्रतिशतमा झारेको छ।

केन्द्रिय बैंकको निर्देशन अनुसार बैंकहरुले कात्तिक ३ गते नै आफ्नो वेबसाइटमा संशोधित ब्याजदर प्रकाशित गरेका थिए। सो आधारमा अहिले बैंकहरुको अधिकतम ब्याजदर ९.४१ प्रतिशत पुगेको छ।

कुन बैंकको अधिकतम ब्याजदर कति?

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।