बिहीबार रिपोमार्फत वित्तीय बजारमा १० अर्ब रुपैयाँ पठाउदै राष्ट्र बैंक

Oct 21, 2021 10:40 AM Merolagani

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ।

बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न नेपाल राष्ट्र बैंकले कार्तिक ४ गते बिहीबार आज वित्त बजारमा १० अर्ब रुपैयाँ पठाउने भएको हो। केन्द्रीय बैंकले एक हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो।

केन्द्रीय बैंकले ७ दिनमा कार्तिक ११ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार ३ः१५ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।

वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।