अवैध फोन भित्र्याउने व्यापारीको चलखेलमा एमडिएमएस लागू नभएको व्यवसायीको आरोप, भन्छन‘ भित्रि स्वार्थ छ’

Oct 21, 2021 05:35 PM merolagani

मोबाईल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दिपक मलहोत्राले अवैध मोबाइल भित्र्याउने व्यपारीको चलखेलमा नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्न नसकेको बताएका छन् ।

गत साउन १ गतेदेखि लागू गर्ने भनिएको एमडिएमएस प्रणाली ३ महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन नभई उल्टो अवैध मोबाइल भित्रिन थालेपछि मलहोत्राले आपत्ति जनाएका हुन ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष मल्होत्राले भने ‘मोबाईल लिगल मात्रै इम्पोर्ट हुने हो भने राज्यलाई नै फाइदा हुन्छ तर, ३ महिनासम्मपनि एमडिएमएस लागू नहुँदा अवैध मोबाइल आयातलाई प्रोत्साहन भइरहेको छ’ ।

अवैध मोबाइल  इम्पोर्ट गर्ने व्यापारीलाई अब एमडिएमएस लागू हुने कुरा  हल्ला मात्रै लागिसकेको र नेपालमा पुनः फेरि अबैध बजार सुरु भएको मलहोत्राको भनाई छ ।


मलहोत्राका अनुसार अहिले नेपालमपा ४५/५० प्रतिशत अवैध मोबाइल भित्रिने गरेको छ । राज्यका सबै निकायलाई अवैध मोबाइल आयात रोक्ने संयन्त्र बनाउन पटक पटक अग्रह गरेपनि सरकारले चासो नदिएको मल्होत्राले बताए । 

उनले भने ‘आज, भोली ,पर्सी भन्दै बषौं कुर्दापनि एमडिएमएस लागु भएन । किन लागू भएन ? । यो पक्कै भित्री स्वार्थका कारण एमडिएमएस लागू हुन नसकेको हो’ ।

‘एमडिएमएस लागू हुन नसक्नुको पछाडि कारण छ’ मल्होत्राले भने । एशोसिएशनका अध्यक्ष मल्होत्राले सरकारले चाहे १५ दिन भित्र सो प्रणाली संचालनमा ल्याएर नेपालमा अवैध मोबाईल भित्रन बन्द गर्न सक्ने दावी गरे ।

तर सरकारले कसैको इन्ट्रेष्टमा त्यो प्रणाली संचालनमा ल्याउन नचाहेको उनको आरोप छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।