कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिन बीमा समितिको निर्देशन

Oct 21, 2021 05:51 PM Merolagani

बीमा समितिले कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिन निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले चालु आर्थिक वर्षको अर्थ सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक उल्लेख भए अनुसार अनुदान दिन निर्देशन दिएको हो ।

समितिले विद्येयक प्रमाणीकरण भएको मिति असोज ७ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपन्छी बीमाको उक्त अनुदान दिन निर्देशन दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विद्येयक मार्फत कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिने घोषण गरेका थिए ।

गत आर्थिक वर्षसम्म कृषि तथा पशुपन्छी बीमामा सरकारले ७५ प्रतिशत अनुदान दिदै आईरहेको थियो । यस अघिका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषि तथा पशुपन्छी बीमाको अनुदान २५ प्रतिशत घटाएर ५० प्रतिशत झारेका थिए ।

तर अर्थमन्त्री शर्माले प्रतिस्थापन विद्येयक मार्फत कृषि तथा पशुपन्छी बीमाको अनुदान रकम ३० प्रतिशत बढाएर ८० प्रतिशत पुर्याएका हुन् ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।