ओटिसिमा एनसेलको एक कित्ता शेयर कारोबार,शेयर मूल्य एक लाख २४ हजार, सर्वसाधारणले कतिमा पाउलान् ?

Oct 24, 2021 05:42 PM merolagani

सुवास निरौला

ओटिसि (ओभर द काउन्टर)मा एनसेलको एक कित्ता शेयर कारोबार भएको छ। एक लाख २४ हजार एक सय रुपैयाँ प्रति कित्ताका दरले उक्त कारोबार भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय स्थित ओटिसिमा गत साउन १९ गते उक्त कारोबार भएको ओटिसिले जनाएको छ।

एक कित्ता मात्रै शेयर कारोबार भएको उक्त कम्पनीले पूँजीगत लाभकर भने तिरेको छैन।  उसले पहिले नै सोही मूल्यमा शेयर किनेको प्रमाण दिएका कारण  पूँजीगत लाभकर नबुझाएको ओटिसि शाखा प्रमुख सुरेश जोशीले जानकारी दिए। “पूँजीगत लाभकर नाफामा मात्रै लाग्ने गर्छ। शेयरधनीले पहिले आफूलाई परेको मूल्यको प्रमाण दिँदा अहिले बिक्री गर्दा पाएको मूल्यमा नाफा नदेखिए पूँजीगत लाभकर लाग्दैन। सोही कारण उसको कारोबारमा पूँजीगत लाभकर नलागेको हो” जोशीले मेरो लगानीसँग भने।

गत साउन १९ गते भएको एक कित्ताको शेयर किनबेच गर्नेमा कबिन मुल र सम्पन्न राज भट्ट छन्। सम्पन्न राज भट्टको नाममा रहेको एक कित्ता शेयरलाई एक लाख २४ हजार भन्दा बढी मूल्य चुकाएर कबिन मुलले खरिद गरेका हुन्। उनी पहिले देखिनै एनसेलका शेयर धनी हुन्। एनसेलमा एक्जियेटा,सुरज श्रेष्ठ,एन्डीचाङ वीङ,उमा महर्जन, लिना केसरी कम्साकार, कबिन मुल, समीर राज गौतम, कन्चन सिंह कार्की, सम्पन्न राज भट्ट र ज्योति दाहाल शेयरधनी थिए। एनसेलमा ११ जना शेयरधनीको रुपमा देखिए पनि प्रमुख शेयरधनी भने तीन जान मात्रै छन्। एनसेलमा नौ शेयरधनीको भने जम्मा शेयर हिस्सा ०.००११ प्रतिशत मात्रै छ। सोही हिस्सा ओगट्ने मध्येका कबिन मुल र सम्पन्न राज भट्टले उक्त एक कित्ताको शेयरको कारोबार गरेका हुन्।

गत वर्ष मात्रै कम्पनी पब्लिक कम्पनीको रुपमा रूपान्तरण भएको हो। कम्पनी ऐनमा दूर सञ्चार प्रदायक कम्पनी पब्लिकमा जानु पर्ने प्रावधानकै कारण कम्पनी गत वर्ष पब्लिकमा गएको हो। कम्पनी पब्लिकमा गए पनि उसले सर्वसाधारणलाई शेयर जारी गर्ने प्रक्रिया भने अझै अघि बढाएको छैन। गत वर्षको साधारण सभामा समेत कम्पनीले साधारण शेयर जारी गर्ने कुनै एजेण्डा पास गरेको थिएन। यो वर्ष पनि कम्पनीले अहिलेसम्म सर्वसाधारणमा शेयर जारी गर्ने बारे कुनै विषय उठान गरेको छैन।

कम्पनी ऐनले २०६३ ले दूर सञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिकमा जानु पर्ने भनेको भएपनि सर्वसाधारणमा शेयर जारी गर्नै पर्छ नभनेकोले उनीहरू पब्लिकमा मात्रै गएर बसेका हुन्। कम्पनी ऐन २०६३ को दफा १२ मा केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्ने व्यवस्था छ। उक्त व्यवस्थामा “यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैकिङ कारोबार, वित्तीय कारोबार, बीमा व्यवसाय सम्बन्धी कारोबार, धितोपत्र बजार सम्बन्धी व्यवसाय,निवृत्तिभरण कोष वा सामूहिक बचत कोष (म्युच्युअल फण्ड) सञ्चालन गर्ने कम्पनी, पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी वा तोकिए बमोजिमको अन्य व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीको रुपमा स्थापना हुनु पर्नेछ ।हाल दर्ता भएका प्राइभेट कम्पनीहरूले दुई वर्षभित्र यस दफा बमोजिम पब्लिक कम्पनीमा परिणत भइसक्नु पर्नेछ” उल्लेख छ। सोही कारण दूर सञ्चार सेवा प्रदायक कम्पनी पब्लिकमा मात्रै रूपान्तरण भएर बसेका हुन्। जसमा एनसेल पनि गत वर्ष पब्लिकमा गएर बसेको हो।

एक कित्ताकै शेयर मूल्य एक लाख भन्दा बढीमा कारोबार भई राखेको कम्पनीकाे पब्लिक जाँदा शेयर मूल्य कति हाेला, चासाेकाे बिषय बन्ने देखिन्छ।    

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।