गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको भन्दा १८०.४६ प्रतिशतले धेरै हो।
लघुवित्तको ब्याज आम्दानी र सञ्चालन आम्दानी दुबै बढ्दा उसको खुद नाफा बढ्न सहयोग पुगेको हो। लघुवित्तको खुद ब्याज आम्दानी १८४.३० प्रतिशतले बढेर २४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
लघुवित्तको निक्षेप संकलन ५४ प्रतिशतले बढेर २ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८९.९६ प्रतिशतले बढेर ९ अर्ब ७९ करोड १८ लाख रुपैयाँ पुगेको छ।
लघुवित्तको खराब कर्जा भने २.२८ प्रतिशतबाट सामान्य बढेर २.९२ प्रतिशत पुगेको छ।
हाल ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६७ करोड ४४ लाख रुपैयाँ छ।
लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ४९ पैसाले बढेर १०९ रुपैयाँ ३८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ९४ पैसा छ।