विजय लघुवित्तको नाफा ४३ प्रतिशतले बढ्यो

Nov 15, 2021 02:10 PM Merolagani

विजय लघुवित्त (VLBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ प्रतिशत भन्दा धेरैले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको भन्दा ४३.३४ प्रतिशतले धेरै हो।

लघुवित्तको खुद ब्याज आम्दानीको साथै अन्य आम्दानीहरु पनि बढ्दा उसको खुद नाफा बढ्न सहयोग पुगेको हो। लघुवित्तको खुद ब्याज आम्दानी भने ३९.३४ प्रतिशतले बढेर ९ करोड १८ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको निक्षेप संकलन १९.८६ प्रतिशतले बढेर १ अर्ब ५१ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २१.८२ प्रतिशतले बढेर ४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

लघुवित्तको खराब कर्जा ३.४४ प्रतिशतबाट बढेर ४.८ प्रतिशतमा पुगेको छ।

हाल २६ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ७९ लाख रुपैयाँ छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४४ पैसाले बढेर ३७ रुपैयाँ ९५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।