निष्क्रिय कर्जा उल्लेख्य घटेपछि निर्धन उत्थानको नाफा धनात्मक

Nov 16, 2021 04:31 AM Merolagani

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक रहेको लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २० करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २७ करोड ९२ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।

खुद ब्याज आम्दानी बढेसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएको र निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.३९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८ करोड ६८ लाख ६२ हजार रुपैयाँ धनात्मक भएको छ। लघुवित्तको अन्य सञ्चालन आम्दानी भने ७६.२८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत बढेको छ भने जगेडा कोष ५८.७६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १.५६ प्रतिशत घटेको छ भने निक्षेप १७.५२ प्रतिशत र कर्जा २३.७४ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७४ रुपैयाँ ४८ पैसा ऋणात्मकबाट ४७ रुपैयाँ ६५ पैसा धनात्मक भएको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३१३ रुपैयाँ १ पैसा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।