सेन्चुरी बैंक खाता 'खल्ती'मा लिङ्क गर्दा १०० रूपैयाँमा बोनस र स्मार्टफोन उपहार

Nov 23, 2021 07:50 PM Merolagani

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सेन्चुरी बैंक (CCBL) खाता खल्तीसँग लिङ्क गर्ने जोकोहीले १०० रूपैयाँ बोनस प्राप्त गर्न सक्ने भएका छन्। साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।

यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ। त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ। केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ुखल्तीुमा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो १०० रूपैयाँ बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म खल्तीसँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ।

अफरको बारेमा खल्ती डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले बताए “हामीले मानिसहरूलाई डिजिटल भुक्तानीहरू प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौं। अब ग्राहकले पटक पटक पैसा लोड गर्ने झन्झट झेल्नु पर्दैन । धेरै मानिसहरू यो सेवालाई बढी रुचाउँछन् दिन्छन् किनभने यसले उनीहरूलाई लिङ्क गरेको एक बैंकबाट कुनै पनि बैंक मा सेकेन्ड मै पैसा पठाउन सकिन्छ।"

सेन्चुरी बैंक खाता खल्तीमा लिङ्क गर्न, प्रयोगकर्ताहरूले खल्तीको होमस्क्रिनमा रहेको 'लिंक बैंक अकाउण्ट’ मा ट्याप गर्ने अनि त्यहाँ लिंक बैंक टु खल्तीमा ट्याप गर्ने र सेन्चुरी बैंक छानी बैंक खाता नम्बर हाली र सब्मिटमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि जानकारी ठिक छ भने ‘लिंक बैंक के’ मा ट्याप गर्ने, आफ्नो मोबाइलमा प्राप्त भएको ओटिपी (भेरिफिकेसन कोड) भरेर र भेरिफाइमा ट्याप गरेपछि खल्तीबाट बैंक खाता लिंक तुरुन्तै हुनेछ।

यस लगायत ‘खल्ती’ मा थप १६ बैंक को खाता लिंक गर्न सकिन्छ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।