स्पेशल प्रि ओपनमा सामलिङ्ग पावरको कतिमा भयो शेयर कारोबार?

Nov 25, 2021 10:47 AM Merolagani

मंसिर ९ गते, बिहीबार स्पेशल प्रि ओपन सेसनमा सामलिङ्ग पावर कम्पनीको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा सामलिङ्गको प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। याे कम्पनीको शेयर उच्चतम मूल्यबाट कारोबार शुरु भएको हो।

कम्पनीको शेयर मंसिर ८ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले सामलिङ्ग पावर (SPC) को पहिलो कारोबारका लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको थियो। कम्पनीको शेयर एसपीसी स्टक टिकरमा कारोबार भएको हो।

comments powered by Disqus