महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 01, 2021 08:21 AM Merolagani

महिला लघुवित्त वित्तीय संस्था (MLBSL) को सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज, मंसिर १५ गते, बुधबार, अन्तिम दिन हो।

लघुवित्तले मंसिर २२ गते डाकेकाे चौथो वार्षिक साधारण सभा र ५० प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि मंसिर १६ गते बिहीबारदेखि बुकक्लोज गर्ने भएको छ। जस अनुसार आज बुधबारसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको ४७.५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित २.५ प्रतिशत नगद लाभांश पाउनेछन्।

मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट, धुलिखेल काभ्रेमा बिहान १०ः३० बजेबाट सुरु हुने सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभाले अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सहित लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ भने प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।