स्वाभिमान लघुवित्तको साधारण सभा आव्हान, लाभांश प्रस्ताव पारित हुँदै

Dec 01, 2021 10:04 AM Merolagani

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले पुस ८ गते, बिहीबार, दिउँसो १ देखि अनलाईनको माध्यमबाट भच्र्युअल माध्यमबाट पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ।

सभाले हाल कायमचुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनाको लागि १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपयुक्त घ वर्गको वित्तीय संस्थासँग मर्जर अथवा एक्विजीशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सभामा सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन पनि गरिनेछ। सो निर्वाचन लघुवित्तको केन्द्रिय कार्यालय, तिलोत्तमामा ३ बजेदेखि भौतिक रुपमा सञ्चालन गरिनेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।