महुली लघुवित्तको लाभांश स्वीकृत

Dec 06, 2021 10:36 AM Merolagani

महुली लघुवित्त वित्तयि संस्था (MSLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ करोड ३९ ला ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो।

उक्त लाभांश लघुवित्त आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

लघुवित्तको हालको चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ उक्त प्रस्तावित बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रूपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।