निक्षेपको तुलनामा कर्जा लगानी दोब्बर, बैंकहरुको औसत सिडि रेशियो ९१.२४ प्रतिशत पुग्यो

Dec 06, 2021 01:24 PM Merolagani

वाणिज्य बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानी दोब्बरले बढ्दै गएको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार मंसिर तेस्रो साता बैंकहरुको निक्षेप संकलन ७ अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी १४ अर्ब रुपैयाँले बढेको छ।

मंसिर लागेदेखि बैंकहरुको निक्षेप संकलन ७ अर्ब रुपैयाँले घटेको छ जब की कर्जा लगानी भने ३३ अर्ब रुपैयाँले बढेको छ।

मंसिर १७ गतेसम्ममा बैंकहरुको कुल निक्षेप संकलन ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुको निक्षेपको तुलनामा कर्जा लगानी धेरै बढ्दा सिडि रेशियो पनि बढ्दै गएको छ। बैंकर्स सँघका अनुसार गत शुक्रबारसम्ममा बैंकहरुको सिडि रेशियो बढेर ९१.२४ प्रतिशत पुगेको छ। केन्द्रीय बैंकले आगामी असार मशान्तभित्र सबै बैंकले ९० प्रतिशतभन्दा कम सिडि रेशियो कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।