म्यानमारको अदालतले सुनायो आङ सान सू कीलाई ४ वर्षको जेल सजाय

Dec 06, 2021 01:23 PM Merolagani

आजीवन कारावासको सजाय हुनसक्ने श्रृङ्खलाको पहिलो फैसलाको रुपमा म्यानमारको बहिष्कृत नेतृ आङ सान सू कीलाई ४ वर्षको जेल सजाय सुनाइएको छ।

उनलाई एक प्राकृतिक प्रकोप कानून अन्तर्गत असहमति भड्काउने र कोभिड नियमहरु तोडेको आरोपमा दोषी पाइएको थियो।

उनीमाथि ११ आरोपहरु लागेका छन्, जसमध्ये सबै उनले नकारेका छन्।

उनी गत फेब्रुअरीदेखि नै घरमै नजरबन्दमा छिन् जब सेनाले उनको निर्वाचित नागरिक सरकारलाई गिराएर हिरासतमा राखेका थिए।

सू कीलाई कहिले जेलमा राखिने हो भन्ने स्पष्ट छैन।

पूर्व राष्ट्रपति र सू कीको नेशनल लीग फर डेमोक्रेसीको सहयोग पार्टीका सहयोगी विन मिन्टलाई पनि सोही आरोपमा सोमबार ४ वर्षको जेल सजाय सुनाइएको छ।

(बीबीसीबाट अनुवादित)

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।