एचआईडिसीएलको साधारण सभा आव्हान, लाभांश प्रस्ताव पारित हुँदै

Dec 06, 2021 02:23 PM Merolagani

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) अर्थात एचआईडिसीएलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले पुस २२ गते, बिहीबार आफ्नो केन्द्रिय कार्यालय, हात्तीसारमा दशौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ९ बजे अभौतिक रुपमा शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।