शेयर बजार मैत्री हुन नसक्ने दल र नेताहरुलाई लगानीकर्ताको ‘नो भोट’

Dec 06, 2021 05:20 PM Merolagani

लगानीकर्ताहरुले शेयर बजार मैत्री हुन नसक्ने दल र नेताहरुलाई भोट नहाल्ने निष्कर्षमा पुगेका छन् । उनीहरुले आफ्ना ग्रुपहरुमा यस्तो सन्देश प्रवाह गर्न थालेका छन् ।

शेयर बजार एक्कासी गिरावट आएपछि आक्रोसित लगानीकर्ताहरुले पार्टीहरुको आन्तरिक चुनावको चहल पहलको बेला यस्तो दबाव सिर्जना गरेका हुन् । अहिले नेपाली काँग्रेसकाे महाधिवेशनले फेस बुकका भित्ता भरिएका बेला लगानीकर्ताहरुबाट भएका यस्ता अभियानमा सबैको आँखा पुगेको छ ।

अबको ६ महिना पछि स्थानिय, प्रदेश र संसदीय निर्वाचन हुने निश्चित हुँदा लगानीकर्ताबाट आएको यस्तो दबावले अर्थ राख्ने देखिएको छ । माओवादी नेता कृष्ण बहादुर महराले महानिर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दावी गरेको समचारमा एक लगानीकर्ताले पूँजी बजार बिरोधी सरकारलाई बहिस्कार गरौं भनेर सचेत गराएका छन् । लगानीकर्ताहरुबाट हुने यस्ता दबावले राजनीतिक दलहरु पूँजी बजारप्रति कति संवेदनशील हुन्छन्, त्यो भने हेर्न बाँकी छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।