'देशमा सङ्कट आउँदा सबै राजनीतिक पार्टीहरू एक भए जस्तै अहिले लगानीकर्ता एक भएका हुन्'

Dec 08, 2021 02:16 PM Merolagani

'एकता मै छ बल' भन्ने उखान शेयर बजारका लगानीकर्ताले पछिल्लो समय चालेको कदमले चरितार्थ गरेको छ। शेयर बजारमा देखिएका समस्या समाधानका लागि सबै सङ्गठित लगानीकर्ताहरूले मोर्चा बन्दी गरेपछि उखान चरितार्थ भएको हो।

हाल शेयर बजार सम्बन्धी संघ सङ्गठनहरू पाँच वटा छन्। शेयर बजारसँग सम्बन्धित सबै संघ सङ्गठनको उद्देश्य शेयर बजार सुधार गर्ने भन्ने नै रहेकाे छ। तर, विषम परिस्थिमा बेग्ला बेग्लै ढङ्गबाट जाँदा मागहरू सम्बोधन नहुने र परिणाम नआउने हुँदा एकबद्ध भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए। 

नेपाल सरकारले शेयर बजार प्रति हेर्न दृष्टिकोण र नेपाल राष्ट्र बैंकले पूँजी बजार प्रति लिएको नीतिको कारणले नै बजारमा सङ्कट आएको ढकालको आरोप छ। अहिले बैंकिङ क्षेत्रमा तरलता दबाव बढ्न र मार्जिन कर्जामा कडाइ गर्दा बढी रहेको बजार प्रभावित भएको उनको ठम्याई छ।

देशमा सङ्कट आउँदा सबै राजनीतिक पार्टीहरू एक भएर समस्याको समाधान गरे जस्तै बजारमा देखिएको समस्या समाधान गर्न एकत्रित भएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्। बजार सम्बन्धी संघहरु आफ्नो ठाउँबाट अगाडि बढेकै छन् तर, बजारका प्रमुख मुद्दाहरूमा एक भएर अगाडि बढ्न नयाँ शिराबाट अघि बढेकाे पोखरेलको बुझाई छ। सरकार पक्ष तथा नियामकहरूबाट नै बजारलाई नियन्त्रण गर्न खोजेको पोखरेलको आरोप छ।

संवेदनशील क्षेत्र शेयर बजारबारे नीति बनाउँदा क्षणिकभन्दा पनि दीर्घकालको लागि विचार गरेर बनाउनु पर्ने पोखरेलको बताइन्।

लगानीकर्ताको धेरै समयको प्रयाससँगै एक भएर काम गर्ने निर्णय भएको लगानीकर्ता नयन बाँस्तोलाले बताए। शेयर बजार सम्बन्धी समस्या सबैको साझा समस्या भएको बाँस्तोलाको बुझाई छ।

बजारमा भएका समस्यालाई समाधान गर्न संघको पद प्रतिष्ठाले खासै महत्त्व नराख्ने हुँदा बजारको मुद्दाहरू समाधान गर्न एक भएको उनले बताए। उनले भने, जति धेरै सङ्गठन भएपनि बजारमा देखिएका समस्याहरू समाधान हुँदैनन् भने त्यस्ता संघ सङ्गठनले खासै प्रभाव पार्दैन। यसरी एक भएर जाने हो पूँजी बजारमा नसोचेको विकास हुने उनको बुझाई रहेको छ। यसैगरी, सबै लगानीकर्ताहरू एक भएर सुधार र समस्याको निराकरण गर्ने विषय वस्तुलाई सम्बन्धित ठाउँमा पुर्‍याउन सकियो भने बजार विकासले मूर्त रूप लिने बाँस्तोलाको दाबी छ।

उनले भने, बजारमा समस्या भएको कारणले नै घट्यो। यदि समस्या थिएन भने बजार ठूलो प्रभाव पर्ने थिएन। समयमा नै बजारमा देखिएका समस्याको पहिचान गर्न सकियो भने बजारमा ठूलो क्षतिबाट जोगाउन सकिन्छ भन्ने लागेर एक भएको उनको भनाई छ।

४५ लाख लगानीकर्ता भएको बजार प्रति सरकार जिम्मेवार बन्नु पर्ने त्यसैको लागि पहिलो सुरुवात शेयर बजारका लगानीकर्ताहरू एक हुनु समग्र बजारको लागि राम्रो हो। बजारका लगानीकर्ताहरूले बजारभन्दा पनि आफ्नो स्वार्थ बमोजिम संघ संस्था सञ्चालन गरेको भन्ने आरोप लागि रहेको समयमा समाधानका लागि एक भएर अगाडि बढ्ने निर्णयले बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने उनीहरूको दाबी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।