नाडा भित्रको कर्पोरेट सिन्डिकेट तोड्न र अटो क्षेत्रलाई व्यवस्थित बनाउन मेरो उम्मेदवारी : ध्रुव थापा

Dec 08, 2021 01:51 PM Merolagani

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले मंसिर २३ गते नयाँ नेतृत्व सहितका नयाँ टिम पाउँदै छ । यतिबेला नेपाली अटोमोबाइल व्यवसायीलाई चुनाव लागिरहेकाे छ । 

नाडाकाे नयाँ नेतृत्वको लागि करण चौधरी र ध्रुव थापा लागिपरेका छन । नाडाका पूर्वउपाध्यक्ष तथा वर्तमान कार्यसमितिमा इलेक्ट्रिक भेहिकल कमिटिका सभापति ध्रुव थापाले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन । नाडाको चुनाव, नेपाली अटो व्यवसायको समस्या र नयाँ कार्ययोजना लगायतको बिषयमा मेरोलगानीका युबराज बस्नेतले नाडाका अध्यक्षका प्रत्यासी ध्रुव थापासँग गरेको कुराकानी: 

नाडाको चुनावमा अध्यक्षको लागी उम्मेदवारी दिनुभएको छ । तपाईंको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी नाडामा भएको बेथितीका विरुद्ध हो । साना अटो व्यवसायीहरुको आवाज सरकार समक्ष पुग्न सकेको छैन । यो बिषयमा मेरो ध्यान छ । त्यस्तै नाडा भित्र पछिल्लो समय नकारात्मक बेथिती मौलाएको छ त्यसलाई ट्रयाकमा ल्याउनु पर्ने छ । संस्थाको गरिमा पनि अहिले घट्दै गएको अवस्था छ । नाडामा अहिले ३२ सय सदस्य रहेको छन त्यसमा पनि ९० प्रतिशत साना व्यवसायी नै रहेका छन ।

उनीहरुलाई सरकारबाट चाहिने आवश्यक सहयोग, सहुलियत दिलाउन मेरो भूमिका महत्वपूर्ण रहन्छ । नेपालमा अटो मैत्री नीति आउन सकेको छैन् । एउटा सरकारको पालामा एकथरी नीति आउने र अर्को सरकारले भत्काउने जस्ता क्रियाकलाप धेरै भएका छन । सरकार र साना ठूला व्यवसायीसँगको सम्बन्धलाई मेरो नेतृत्वले पुलकाे काम गर्ने छ ।

नाडा भित्र अहिले दुई चार ओटा कर्पोरेट हाउसको मात्रै एकाधिकार देखिएको छ । तिनै कर्पोेरेट हाउसले चाहेको व्यक्तिमात्रै नेतृत्वमा आउनुपर्छ भन्ने परम्परालाई तोडिनुपर्छ भन्ने मरो संकल्प हो । नाडाको टिममा सबै क्षेत्रलाई समेटेर अघि बढ्नु पर्ने भएपनि नाडामा एकाधिकार नै छ जसको म बिपक्षमा छु । मेरो टिममा सबै क्षेत्रलाई समावेश गरेर अघि बढ्नु पर्छ भन्ने मेरो धारणा हो ।

नाडा अटो सो यतिवेला ब्रान्ड नै बनिसकेको छ । यसलाई पनि अन्तराष्ट्रिय स्तरको बनाउन मैले र मेरो समूहले पहल गर्ने छ । सरकारले पनि इलेक्ट्रिक सवारीसाधनलाई प्रोत्साहन गर्दै अघि बढेको छ । मेरो समूहले नेपालमा विद्युतिय सवारीको युगलाई प्रवेश समेत गराउनेमा विश्वास दिलाउछु । विद्युतिय सवारीको लागि सरकारलाई व्यवसाय मैत्री नीति ल्याउन मेरो पहल रहने छ ।

त्यसैले मेरो उम्मेदवारी देशभर छरिएका अटो व्यवसायी उपोभाक्ताको हितका लागी रहने छ भने सरकारसँगको सहकार्यमा नेपालको अटो क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनेमा मेरो ध्यान रहने छ ।

भनेपछि सर्वसमत नेतृत्व चयनको लागि सहमतिको ढोका बन्द भएकै हो ?

सर्वसम्मत नेतृत्व चयको बिषय अन्तिम समयसम्म पनि जारी रहने छ । तर, एउटा समूह मात्रै वार्तामा आएर हुँदैन । विगतमा पनि मैले त्याग गरिसकेको र यसपटक पनि पछि हटे मात्रै सर्वसम्मत हुने भन्ने हुँदैन । अघिल्लो पटक मैले छोडिदिएकै हो ।

मेरो उम्मेदवारी नै कर्पोरेट सिन्डिकेट तोड्न र अटो क्षेत्रलाई अघि बढाउन हो । एउटा कर्पोरेट हाउस सदस्यमा आउने वित्तिकै अध्यक्षमा आउने प्रवृति बढी देखिएको छ । तर, २० औं बर्ष नाडामा योगदान दिएका व्यक्ति नेतृत्वमा आउने नसक्ने परम्परा छन । अहिले पनि त्यसै अनुसार चल्नुपर्छ भन्ने छैन । यो अवस्थामा सहमति हुन सक्दैन ।

अटो क्षेत्रको समस्यालाई सरकार समक्ष पुर्याउने संस्थाको नेतृत्वमा आउन चाहना राख्नु भएको छ । तपाईं नेतृत्वमा पुगेपछि गर्ने कामको योजना निर्माण गर्नुभएको छ ? अटो क्षेत्रको विकास र संरक्षणका लागि तपाईंको के के बिषयमा पहल हुन्छ ?

मैले र मेरो समूहकाे मुख्य प्राथमितामा सरकार र अटो व्यवसायी बीचको समन्वय मै केन्द्रित छ । अहिले सरकारले नाडालाई नगन्ने आवस्था आइसकेको छ । विगतमा नाडाको जुन गरिमा थियो त्यो अब रहेन भन्दा पनि हुन्छ । अर्थमन्त्रीसँग भेट्न जादाँ पनि घण्टौं कुर्नु पर्ने र भेट्न नपाउने, समस्या राख्न नपाउने अवस्था छ । यसको मतलब नाडालाई सरकारले वास्ता गर्न छोड्यो भन्नु नै हो ।

मेरो नेतृत्वले नाडालाई माथि उठाउने छ भने बलियो बनाएर अघि बढाउने छ । १० हजार अटो मोबाइल व्यवसायको आवाज सरकारसमक्ष पुर्याउनै पर्छ । व्यवसायी र व्यवसायको हकहितको लागि सरकारलाई आवश्यक नीति निमार्ण र सहजिकरणको लागि सरकारलाई मेरो नेतृत्वको नाडाले घचघच्याउने काम गर्छ ।

नेपालमा अहिले दुई ओटा कम्पनीले मात्रै दुईपाग्रे सवारीको एसेम्बल गरिरहेका छन । ठूला गाडी तथा चारपाग्रे सवारी एसेम्बल गर्न व्यवसायी पछि हटिरहेको अवस्था छ । यसका लागि कसरी अघि बढ्नुहुन्छ ?

केहि व्यवसायीहरुले नेपालमै एसेम्बल उत्पादन गर्दै आउनुभएको छ त्यो राम्रो पनि हो । लुब्रिकेन्टस्, टायर, पार्टपूर्जा लगायतका सबै उद्योग नेपालमै हुनुपर्छ भन्ने मेरो मान्यता हो । नेपालमै अटोमाबाइल उद्योग खोल्न सरकारलाई आवश्यक नीतिको लागि पहल गर्ने छौं । नयाँ टिम जो आउने छ पहल जारी रहने छ । यो सँगसँगै राज्यले पनि व्यवसाय मैत्री नीति ल्याउनुपर्छ ।

व्यवसायीले अबौं लगानी गर्दा सरकारको सहयोग भएनन भने व्यवसाय गर्न सकिदैन । स्थिर नीति नहुँदा व्यवसाय नै चौपट हुने अवस्था पनि आउन सक्छ । दीर्घकालिन नीति अहिलेको आवश्यक्ता हो ।
उद्योग स्थापनाका लागि सरकारलाई परामर्श आवश्यक छ भने नाडाले पनि दिने छ । अझ भन्ने हो भने विद्युतिय गाडीलाई प्रमोट गर्नु पर्ने अबको आवश्यकता हो ।

यदि तपाईं नाडाको नेतृत्वमा आउनुभयो भने सरकारसँग तपाईंको लबिङ् कस्तो हुन्छ ? नेपाली अटोमोबाइलस् व्यवसायलाई कसरी अघि बढाउनुहुन्छ ?

नाडाको नेतृत्वमा आउने बित्तिकै हाम्रो पहिलो काम नै सरकारसँग समन्वयको भूमिका खेल्छौं । किनकि अटा मोबाइललाई अझैपनि सरकारले विलासिताको साधानको रुपमा लिइरहेको हामीले पाएका छाैं ।

यो व्यवसायलाई आधारभूत आवश्यकतामा राखियोस् । हाम्रो पहिलो सरकारसँग लविङ नै यहि हुने छ । जबसम्म आटोमाबाइल व्यवसायलाई आधारभूत आवश्यकतामा राखिदैन तबसम्म यो व्यवसाय राजस्व उठाउने बिषयमा मात्रै सिमित हुन्छ ।

नेपाली अटो मोबाइल क्षेत्रमा कर अत्याधिक लगाइएको छ । अत्याधिक कर तिरेर ग्राहकले सवारी साधन चढ्नु पर्ने अवस्था छ । भारतीयले भन्दा ५ गुणा बढी मूल्य तिर्नुपर्ने अवस्था अहिले आएको छ । अटो क्षेत्र राजस्व असुल गर्ने क्षेत्रमा मात्रै गनिनु भएन ।

अटो मोबाइल भनेको एउटा विकास मापन गर्ने आधार पनि हो । कर घटाएर व्यवसाय मौलाउछन् व्यवसायीले कमाउछन भन्ने मान्यता सरकारले राख्नु भएन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।