नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

Dec 08, 2021 10:52 AM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोहि लाभांश वितरणको लागि बीमा समितिका साथै नेपाल सरकार (मन्त्रीस्तर) बाट समेत स्वीकृति पाएकाे हाे।

उक्त लाभांश अब कम्पनीको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।