सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Dec 08, 2021 01:23 PM Merolagani

मंसिर २२ गते, बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार भने चाँदीको भाउ ओरालो लागेर प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।