एमजी ब्रान्डको नयाँ एसयुभी हेक्टर सार्वजनिक, कति पर्छ मूल्य?

Dec 09, 2021 02:11 PM Merolagani

एमजी ब्रान्डको नयाँ एसयुभी हेक्टर सार्वजनिक भएको छ।

एमजी नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले काठमाडौंमा एक कार्यक्रम गर्दै द अल न्यु हेक्टर सार्वजनिक गरेको हो।

१४ सय ५२ सीसीको हेक्टर २ वटा अप्सनमा उपलब्ध हुनेछ। १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल र हाईब्रिड इन्जिनमा उपलब्ध हुने पारामाउन्ट मोटर्सले जनाएको छ।

गाडीको अधिकतम पावर ५ हजार आरपीएममा १४३ पिएस र २५० एनएम टर्क जेनेरेट गर्छ। अगाडि पछाडि डिस्क ब्रेक रहेको गाडीमा ६० लिटर फिउल ट्यांक रहेको छ।

गाडीको लम्बाई ४६ सय ५५ एमएम, चौडाई १८ सय ३५, उचाई १७ सय ६० रहेको छ। हेक्टर २०२१ मोडलमा २६.४ सिएमको एचडी टचस्क्रिन सिस्टम रहेको छ।

हेक्टरको सेफ्टी फिचर्समा ३६० क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, एयर ब्याग, ईएसपी, टीसीएस, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रिक ब्रेक, रिभर्स क्यामेरा लगायत रहेको छ। ३ वटा भेरियन्टमा हेक्टर उपलब्ध रहेको छ। जसअनुसार साइन भेरियन्ट एमटीको मूल्य ५९ लाख ९९ हजार र सिभीटीको ६४ लाख ९९ हजार तोकिएको छ।

स्मार्ट एमटीमा ६७ लाख ९९ हजार र सीभीटीमा ७० लाख ६० हजार रहेको छ। सार्प भेरियन्टमा एमटीको मूल्य ७३ लाख ९९ हजार र सीभीटीको मूल्य ७८ लाख २५ हजार मूल्य रहेको छ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याले हेक्टर कम्फर्ट र सुरक्षित रहेको बताएका छन्।

हेक्टर ८ वटा कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

पारामाउन्ट मोटर्सले २०१८ देखि बिक्रीवितरण शुरू गरेकोमा हाल देशका मुख्य सहरमा उपस्थित रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।