व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Dec 15, 2021 06:02 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे बाह्राैँ भाग यहाँ प्रस्तुत गरिएकाे छ।

थप लुकेका सम्पत्ती

तपाई धेरै कम्पनीहरु त्यस्तो भेट्न सक्नुहुन्छ जो वास्तविक भ्यालुको केही हिस्सा सम्पत्ती धारण गरिरहेका हुन्छन्। प्राकृतिक श्रोत (जमिन, समय, तेल आदि) जस्ता सम्पत्तीहरु भएका कम्पनहिरुको वर्तमान भ्यालु उनीहरुले खरिद गरेको मूल्यभन्दा प्रायः बढी हुन्छ। लुकेका सम्पत्तीहरु अमूर्त सम्पत्ती पनि हुन सक्छन्। उदाहरणको लागि, कोकाकोलाको ब्राण्ड नाम, औषधी तथा प्राविधिक कम्पनीहरुको ब्राण्ड नाम।

एक प्यारेन्ट कम्पनीको सम्पत्ती उसको पूर्ण वा आंशिक स्वामित्व भएका सहायक कम्पनीमा लुकेको हुनसक्छ। जब कुनै कम्पनीले अर्को फरक कम्पनीको शेयर खरिद गर्छ, त्यहाँ पनि लुकेका सम्पत्ती हुनसक्छ। अन्ततः, ट्याक्स ब्रेक आफ्नो ट्याक्स लस क्यारिफरवार्डका कारण टर्नअराउण्ड कम्पनीहरुमा एक उत्कृष्ट लुकेको सम्पत्ती बन्न सक्छ।

क्यासफ्लो

क्यासफ्लो त्यो रकम हो जुन एक कम्पनी व्यवसाय गर्नेका परिणामस्वरुप आवश्यक पर्ने रकम हो। एक कम्पनी जसलाई खर्च गर्नका लागि अधिक रकमको आवश्यकता पर्दछ, त्यो राम्रो लगानी हो। आफ्नो खर्चको सापेक्ष जति धेरै नगद लिन्छ, त्यति राम्रो मानिन्छ।

यस्तो अवस्था जहाँ कम्पनीहरुलाई नगद बनाउनका लागि नगद खर्च गर्नुपर्दछ, उनीहरु धेरै टाढा जान सक्दैनन्। जुन कम्पनीहरु पूँजीगत खर्चमा निर्भर हुँदैनन्, उनीहरु निकै धेरै नगद उत्पन्न गर्दछ जुन लगानीकर्ताहरुका लागि स्टक मूल्यमा देखिन थाल्छ।

साधारण कमाइ गर्ने कम्पनी आफ्नो फ्रि क्यासफ्लोका कारण एक उत्कृष्ट लगानी हुनसक्छ। साधारणतया यो पुरानो उपकरणका लागि भारी मूल्यह्रास भत्ता भएका कम्पनी हुन्छ जसलाई तत्काल भविष्यमा परिवर्तन गर्ने आवश्यकता हुँदैन। कम्पनीले सो ह्रासकट्टीका कारण ट्याक्स ब्रेक सदुपयोग गर्न पाउछ किनभने उसले आधुनिकीकरण र पुनः राम्रो अवस्थामा ल्याउन सकेसम्म कम खर्च गर्दछ।

समर्पित सम्पत्ती खरिदकर्ताले कहीँ नजाने, धेरै स्वतन्त्र क्यासफ्लो भएका र त्यस्ता धनीहरु जो कुनै व्यवसाय निर्माण गर्न खोजिरहेका छैनन्, त्यस्ता कम्पनीमा लगानी गर्दछ। यो कुनै लिजिङ्ग कम्पनी हुनसक्छ जोसँग १२ वर्ष अवधि भएका केही रेलरोड कन्टेनरहरु छन्। त्यस कम्पनीले गर्न चाहने भनेको सो पुराना कन्टेनर व्यवसायको सम्झौता गर्ने र त्यसबाट सकेसम्म पैसा निकाल्ने।

इन्भेण्टरीज

इन्भेण्टरीहरुको विस्तृत विवरण वार्षिक रिपोर्टको ‘म्यानेजरियल डिस्कसन अफ अर्निङ्गस्’ शाखामा फेला पार्न सकिन्छ। तपाईले इन्भेण्टरी जम्मा भएको छ कि छैन हेर्नुपर्दछ। उत्पादक अथवा रिटेलरसँग, इन्भेण्टरी जम्मा हुनु भनेको अक्सर नराम्रो संकेत हो। जब बिक्रीभन्दा छिटो इन्भेण्टरी बढ्छ, यो रातो सिग्नल हो।

एक अटो कम्पनीमा इन्भेण्टरी जम्मा हुनु भनेको एकदमै नराम्रो हो किनभने नयाँ कार जहिले पनि केही मूल्यवान हुन्छ, र उत्पादकहरुले त्यसलाई बिक्री गर्न मूल्य घटाउनु पर्दैन। एक ३५ हजार डलर पर्ने जगुआरलाई ३ हजार ५०० डलरसम्म तल अंकित गरिँदैन। तर, ३०० डलर जाने मिनिस्कर्ट जुन फेशनबाट आउट भइसकेको छ, सायद ३ डलरमा पनि नबिक्नसक्छ।

पेन्सन योजनाहरु

लगानीकर्ताहरु स्टक विकल्प र पेन्सन योजनाहरुका परिणामहरुका बारेमा विचार गर्नुपर्छ। प्रोफिट शेयरिङ्ग योजनाहरुमा कुनै कर्तव्य हुँदैनः न नाफा, न शेयररिङ्ग। तर, एक पेन्सन योजना जहाँ योजना भुक्तान गर्नेका लागि एक पूर्ण दायित्व हो, जहिलेपनि यो सुनिश्चित गर्नका लागि जाँच्नुहोस् कि कम्पनीसँग भारी पेन्सन दायित्व छैन जसलाई उनीहरु पुरा गर्न सक्दैन, विशेषगरी टर्नअराउण्ड कम्पनीहरुमा। यहाँसम्म कि यदि केही कम्पनीहरु तात पल्टिन्छ र सामान्य सञ्चालन बन्द गर्दछ भने उसले पेन्सन योजनालाई समर्थन गर्न जारी राख्नुपर्दछ। त्यसैले, पेन्सन फण्ड सम्पत्ती निहित पेन्सन दायित्वभन्दा बढी हुन्छ।

वृद्धिदर

‘वृद्धि’ ‘विस्तार’ को पर्यायवाची हो भन्ने सबैभन्दा लोकप्रिय गलत धारणाहरुमध्ये एक हो, जसले मानिसहरुलाई ठूलो वृद्धि गर्ने कम्पनीहरुलाई बेवास्ता गर्नतर्फ दो¥याउँछ। लागत घटाएर र विशेष गरी मूल्यवृद्धि गरेर कम्पनीको आम्दानी बढाउने क्षमता मात्र वृद्धिदर हो जुन वास्तवमा गणना हुन्छ।

‘यदि मूल्य बढाए पनि आफ्ना ग्राहकहरु नगुमाउने कुनै कम्पनी (लत लाग्ने उत्पादन जस्तै चुरोट) फेला पर्नु भएको छ भने, तपाईले एकदमै राम्रो लगानी भेट्टाउनु भएको छ।’

‘१० गुणा बढी आम्दानी भएको १० प्रतिशत वृद्धि गर्ने कम्पनीभन्दा २० गुणा बढी आम्दानी भनेको २० प्रतिशत वृद्धि गर्ने कम्पनी राम्रो हुन्छ। यो एक गुप्त विन्दु जस्तै सुनिन्छ, तर स्टकको मूल्य बढाउन कम्पनीहरुको छिटो उत्पादकहरुको कमाइ के हुन्छ, त्यो बुझ्न महत्वपूर्ण हुन्छ।’

बटम लाइन

बटम लाइन भन्नाले आम्दानी विवरणको अन्त्यमा हुने अन्तिम संख्या होः करपछिको नाफा। यद्यपि, करअघिको नाफा, जसलाई प्रिट्याक्स प्रोफिट मार्जिन पनि भनिन्छ, एक उपकरण हो जसलाई लेखक कम्पनीको विश्लेषण गर्न प्रयोग गर्छन्। त्यो नै मूल्यह्रास र ब्याज खर्चहरुसहित सबै लागतहरु कटौती गरिसकेपछिको कम्पनीको वार्षिक बिक्रीको बाँकी रकम हो।

एउटै उद्योग भित्रका कम्पनीहरुको पूर्वकर नाफा मार्जिन तुलना गर्नु राम्रो हो। उच्च नाफा मार्जिन भएको कम्पनीको परिभाषा अनुसार बैभन्दा कम लागत अपरेटर हो र कम लागतको अपरेटरले व्यवसायको अवस्था बिग्रिएमा बाँच्ने राम्रो मौका हुनेछ। राम्रो र नराम्रो दुबै समयमा होल्ड गर्ने योजना बनाउनु भएको दीर्घकालिन स्टकमा उच्च प्रोफिट मार्जिनमा केन्द्रित हुनुहोस्, र सफल टर्नअराउण्ड कम्पनीहरुमा कम प्रोफिट मार्जिनमा।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।