गत साता ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Dec 19, 2021 08:14 AM Merolagani

गत साता नेप्से परिसूचक ३ प्रतिशत घटेको छ। अघिल्लो साता २४४९.९७ विन्दुमा बन्द भएको नेप्से, गत साता ७३.२३ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा २२०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, नेप्से उकालो लागेमा २५०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ।

गत साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै करेक्सन फेजमा रहेको संकेत गर्दछ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ताहरुमाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश पिनबार बनाएको छ। जसले सो साता सेलर्सहरु रिजेक्ट भएको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब २२ करोडा रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्युम ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम ११.४३ प्रतिशत कम हो।

म्युचुअल फण्ड

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ। गत साता सो उपसमूहको परिसूचक ०.८० प्रतिशत घटेको छ। अघिल्लो साता १४.९३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक गत साता ०.१२ अंक घटेर १४.८१ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा १३.५० विन्दुमा टेवा पाउने देखिन्छ।

यस साता सो उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी केही साँघुरिएको छ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।