मध्य भोटेकोशीको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Dec 23, 2021 01:29 PM Merolagani

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सहित ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको १ करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरुलाई निष्काशन गरेको ६ लाख, संस्थापक शेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख गरी ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ। त्यसको आधारमा आइतबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ।

नेप्सेले कम्पनीको शेयरलाई एमबीजेसी कारोबार संकेत प्रदान गरेको छ। उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।