स्पेशल प्रि ओपन सेसनमा मध्य भोटेकोशीको कतिमा भयो पहिलो कारोबार?

Dec 26, 2021 10:47 AM Merolagani

पुस ११ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा मध्य भोटेकोशी जलविद्युत कम्पनी (MBJC) को पहिलो कारोबार भएको छ।

सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको १ करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरुलाई निष्काशन गरेको ६ लाख, संस्थापक शेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख गरी ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही आधारमा यस दिन कम्पनीको शेयर कारोबार खुल्नेछ।

नेप्सेले कम्पनीको शेयरलाई एमबीजेसी कारोबार संकेत प्रदान गरेको छ। उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार भएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।