बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाइने, पूँजी बृद्धिकाे माेडालिटीबारे अध्ययन हुँदै

Dec 26, 2021 03:01 PM MeroLagani

बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि हुने भएको छ । बीमा समितिका प्रवक्ता एवम् कार्यकारी निर्देशन राजुरमण पौडेलले अहिलेको अवस्थामा बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि नै गर्ने बताएका छन् ।

मेरो लगानीसँग कुरा गर्दै प्रवक्ता पौडेलले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने विषय सही भए पनि कति पूँजी बढाउने भन्ने विषयमा भने अहिलेसम्म छलफल नभएको बताए । उनले भने –‘बीमा कम्पनीहरुको चुक्ता पूँजी नबढाउने होइन, बढाउने नै हो । अहिले मर्जरलाई अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको छ ।’

चुक्ता पूँजी बढाउने मोडालिटी आदिको बारेमा ठोस निर्णय भने अझै नभइसकेको उनले बताए । पछिल्लो समय बीमा समितिका अध्यक्ष सुर्य सिलवालले बीमा कम्पनीहरुको पूँजी वृद्धि गरेर नयाँ कम्पनीको लाइसेन्स समेत खुलाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए । अध्यक्ष सिलवालको अभिव्यक्तिपछि भने शेयर बजारमा बीमा कम्पनीहरुको शेयरमा उछाल देखिएको छ ।

आइतबारको कारोबारमा अधिकांश जीवन बीमा कम्पनीहरुको शेयर मूल्यले १० प्रतिशतले बढेर सर्किटमा कारोबार भइरहेको छ । पछिल्लोपटक जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब पुर्याउने बजार हल्ला छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।