व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Jan 12, 2022 06:15 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे साेह्राैँ भाग यहाँ प्रस्तुत गरिएकाे छ।

अध्याय १८ः स्टकको बारेमा मानिसहरुले भन्ने सबैभन्दा मूर्खतापूर्ण (र सबैभन्दा खतरनाक) १२ कुराहरु

स्टकको बारेमा मानिसहरुले भन्ने १२ मूर्खतापूर्ण कुरा जसलाई तपाई आफ्नो दिमागबाट हटाउनु पर्छः

१) यो अहिले नै यतिसम्म घटिसकेको छ, योभन्दा तल जान सक्दैन – यहाँ स्टकको मूल्य कति तलसम्म झर्न सक्छ भन्ने कुनै सैद्धान्तिक नियम छैन।

२) स्टकको मूल्य बटममा पुग्यो भनेर सँधै भन्न सकिन्छ – घटिरहेको स्टकलाई तल पुग्दा समात्न खोज्नु खसेको चक्कु समात्नु जस्तै हो।

३) यदि यो यति माथि पुगिसकेको छ भने अझै कति माथि जान सक्छ? – यदि कथा अझै राम्रो छ, आम्दानी अझै बढीरहेको छ र आधारभूत अवस्था परिवर्तन भएको छैन भने ‘माथि जान सक्दैन’ भनेर बिक्री गर्नु भयानक कारण हुन सक्छ।

४) एक शेयरको केबल ३ डलर त हो नि, के गुमाउँछु र मैले? – चाहे स्टकको मूल्य ५० डलर होस् या १ डलर, यदि यो शून्य भयो भने तपाईले सबै गुमाउनुहुन्छ।

५) अन्ततः तिनीहरु सँधै फर्किन्छन् – त्यहाँ स्टकहरुको कुनै कमी छैन जुन कहिल्यै फर्किएको छैन।

६) उज्यालो हुनुभन्दा अगाडि अध्यारो झन् गाढा हुन्छ – अलिकति नराम्रो भएको चीजहरु नराम्रो हुन सक्दैन भन्ने विश्वास गर्ने मानविय प्रवृत्ति छ।

७) जब यो १० डलर पुग्छ, तब म बिक्री गर्छु – याद गर्नुहोस् कि जबसम्म तपाई कुनै पनि कम्पनीको शेयर खरिद गर्न विश्वस्त हुनुहुन्छ, तबसम्म तपाई तुरन्त बिक्री गर्न सक्नुहुन्छ।

८) के चिन्ता लाग्छ? कन्जरभेटिभ स्टकहरु धेरै फ्लक्चुवेट हुँदैनन् – कम्पनीहरु डाइनामिक हुन्छन् र सम्भावनाहरु परिवर्तन हुँदै जान्छ। त्यहाँ केबल एक स्टक छैन जसलाई तपाईले बेवास्ता गर्न सक्नुहुन्छ।

९) कुनै पनि कुरा हुन धेरै समय लाग्छ – यदि कम्पनीको सबै कुरा ठीक छ र जुनसुकै कुराले तपाईलाई आकर्षित गरेको छ, त्यो परिवर्तन भएको छैन भने, ढिलो चाँडो तपाईको प्रतिक्षाले राम्रो प्रतिफल पाउछ।

१०) मैले कति पैसा गुमाए हेर्नुहोस्ः मैले यो खरिद गरेको थिइन– तपाईले कुनै एक सफल स्टक चाहे त्यो टेनब्यागर नै किन नहोस्, त्यो खरिद नगरी केही गुमाउनु हुन्न।

११) मैले त्यो मिस गरे, अब अर्को समात्छु – त्यहाँ कुनै अर्को होम डिपोट छैन, अर्को एमेजन छैन, अर्को कष्टोक छैन।

१२) स्टक माथि गयो, त्यसैले त्यो सहि हुनुपर्छ, अथवा, स्टक तल झर्यो, त्यसैले गलत हुनसक्छ – सम्भावनासँग मूल्य भ्रमित नगर्नुहोस् जबसम्म तपाई छोटो अवधिमा २० प्रतिशत लाभ खोज्दै अल्पकालीन व्यापारी हुनुहुन्न।

अध्याय १९ः अप्सन, फ्युचर र सर्ट

जबसम्म तपाई प्रोफेश्नल ट्रेडर बन्नु हुन्न, तपाईले बाजी जित्न करिब असम्भव छः ८० देखि ९० प्रतिशत अमेच्योर खेलाडीहरु हार्छन्। फ्युचरले किसानहरुलाई उनीहरुको गहुँको मूल्य लक गर्न मद्दत गर्दछ, जुन मूल्यमा उनीहरुले भविष्यमा आफ्नो गहुँ बेच्न सक्छन्, यसले भाविष्यमा किन्न सक्ने तेल मूल्यलाई लक गर्न एयरलाईहरुलाई सहयोग गर्दछ, तर यो जुवाको खेलमा संलग्न मानिसहरुका लागि जोखिमपूर्ण व्यवसाय हो। ठूलो सम्भावित प्रतिफल चाँडै धनी हुन चाहनेहरुका लागि धेरै आकर्षक हुन सक्छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।