माघ महिनाकाे पहिलाे काराेबार दिन सुनचाँदीको भाउमा सामान्य गिरावट

Jan 16, 2022 11:52 AM Merolagani

माघ महिनाकाे पहिलाे काराेबार दिन सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । माघ २ गते, आइतबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको पहिलो दिन चाँदीको मूल्य ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको थियो । सो दिन चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ पुुगेको थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।