दुई बर्षपछि एउटाबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घट्यो,अब ग्राहकले कति तिनुपर्छ ?

Jan 16, 2022 02:03 PM Merolagani

दुई बर्ष अघि नेपाल दूरसञ्चार प्राधिरकणले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउन ल्याइएको अन्तर आवद्धता निर्देशिका कार्यान्वयनमा आएको छ ।

२०७६ भदौमा अन्तराष्ट्रिय कल शुल्क,इन्टरकनेक्सन शुल्क घटाउन प्राधिकरणले ६ महिना भित्र लागू गर्ने गरी ‘इन्टरकनेक्सन निर्देशिका २०७६’ल्याएको थियो ।तर,कोभिडको बाहाना बनाउँदै सेवाप्रदायकले विगत साढे दुई बर्षदेखि शुल्क घटाउन सहमत भएका थिएनन् ।

यसअघि नेपाल दूरसञ्चार प्राधिरकणले कार्तिक २९ गते बसेको बोर्ड बैठकले माघबाट दुई फरक नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउन सेवाप्रदायकलाई निर्देशन दिएको थियो ।

सोही अनुसार तीन ठूला मोबाइल सेवाप्रदायकले माघ १ गतेबाट मोबाइल शुल्क घटाएका हुन् ।

 

यस्तो छ शुल्क दर

अन्तर आवद्धता शुल्क कार्यान्वयनमा आए पछि सेवाप्रदायकले घरेलु कर शुल्क दर,अन्तर्राष्ट्रिय कल शुल्क र ल्यान्डलाइन शुल्क दर घटेको छ ।

‘अन्तरआवद्धता निर्देशिका २०७६’मा एक टेलिकम कम्पनीको ल्यान्डलाइन सेवाबाट अर्को सेवाप्रदायकको ल्यान्डलाइनमा कल गर्दा प्रति मिनेट २० पैसा मात्र लिन पाउने व्यवस्था छ ।

अव ग्राहकले यस्तो सेवामा प्रति मिनेट कल गर्दा २० पैसा मात्रै शुल्क तिनुपर्ने भएको छ । यस अघिकाे निर्देशिका कार्यान्वयन नहुँदा सेवाप्रदायकले ग्राहकबाट थप ४५ पैसासम्म अशुल्दै आएका थिए ।

त्यस्तै अव एक टेलिकम सेवा प्रदायकको मोबाइल ( सिमबाट) अर्को कम्पनीको मोबाइलमा फोन गर्दा प्रति मिनेट शुल्क १० पैसा मात्रै काट्न पाउने भएका छन । प्राधिकरणले यस अघि लामो समयसम्म निर्देशिका लागू हुन नसक्दा ग्राहकबाट अन्तरआवद्धता शुल्क थप ५४ पैसा लिँदै आएका थिए ।

अव निर्देशिका कार्यान्वयन भए पछि टेलिकमको पोस्टपेडबाट अन्य नेटवर्कमा कल गर्दा १ रुपैयाँ ६ पैसा मात्र लाग्छ । त्यस्तै एनसेलको सिमबाट अन्य नेटवर्कमा कल गर्दा २ रुपैयाँ १० पैसा मात्रै लाग्छ ।
नेपाल दूसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले माघबाट अन्तरआवद्धता निर्देशिका कार्यान्वयनमा ल्याएको बताए ।‘माघ १ गतेदेखि नै सेवाप्रदायक कम्पनीहरुले निर्देशिका अनुसारको शुल्क दर कायम गर्नुपर्ने हुन्छ’ उनले भने ‘यदि सेवा प्रदायकले कार्यान्वयन नगरे कारबाही गरिन्छ’ ।

निर्देशिका अनुसार प्राधिकरणले नेपालमा आउने अन्तर्राष्ट्रिय आगमन कल शुल्कलाई आगामी ८ वर्षमा प्रतिमिनेट १.८ रुपैयाँमा झारिने लगायत अन्तरआवद्धता शुल्क पनि घटाउने उल्लेख छ ।

सोही अनुसार आज अर्थात माघ २ गतेबाट निर्देशिका कार्यान्वयनमा आएको पहिलो वर्ष ४ रुपैयाँ ४० पैसाले अन्तराष्ट्रिय शुल्क घटेको छ । त्यसपछिका वर्षमा क्रमशः १ रुपैयाँ ८० पैसाका दरले अन्तराष्ट्रिय कल शुल्क घट्ने उक्त निर्देशिकामा उल्लेख छ ।

निर्देशिका कार्यान्वयन नहुँदा अन्तर्राष्ट्रिय आगमन कलमा टेलिकम सेवाप्रदायकले प्रतिमिनेट ८ रुपैयाँ लिँदै आएका थिए । यो बर्षदेखि ग्राहकले ३ रुपैयाँ ६ पैसा अन्तर्राष्ट्रिय कल शुल्क तिर्नुपर्ने भएको छ ।

यस अघि कोभिडको कारण टेलिकमको आम्दनी गिरावट भइरहेको कारण तत्काल कार्यान्यन गर्न नसकिने भन्दै शुल्क दर घटाउन नसक्ने बताउदै आएका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।