सुबिसुको २१औं वार्षिक उत्सवको अवसरमा २१ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

Jan 16, 2022 04:08 PM Merolagani

नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो ।

रेडक्रस सगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट ,चपुर मा सफलता पुर्वक सम्पन्न गरेको छ । आउने दिनहरुमा थप विविध यस्तै कार्यक्रमहरु गरि समाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन कम्पनीले जनाएकाे छ ।

सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभी, सुबिसु केबलनेट, एक केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टेलिभिजन सेवा हो जसले एपीइजी फाेर स्टान्डर्ड डेफिनेसन र हाइ डेफिनेसन च्यानल्स केबल मार्फत, कन्डिसनल एक्सेस सिस्टमको प्रयोग गरि सेट टप बबक्स कोसेट माध्यमबाट प्रसारण गर्दछ ।

 

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।