स्पेशल प्रि ओपन सेसनमा बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर कारोबार भएन

Jan 17, 2022 10:48 AM Merolagani

माघ ३ गते, स्पेशल प्रि ओपन सेसनमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) को पहिलो कारोबार भएन।

कम्पनीको शेयर नेप्सेमा माघ २ गते, आइतबार सूचीकृत भएको थियो। यस अनुसार कम्पनीको शेयर आज स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो। तर, आज सो सेसनमा पहिलो कारोबार भएन। अब कम्पनीको शेयर भोलि, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनेछ। सो सेसनमा कारोबार भएपश्चात मात्र कम्पनीको शेयर नियमित बजारमा कारोबार हुनेछ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको थियो। यस अनुसार यस दिन सो कम्पनीको शेयर प्रतिकित्ता रुपैयाँमा शेयर कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता,आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीको शेयरलाई नेप्सेले बीएनएचसी कारोबार संकेत प्रदान गरेको थियो।

सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे ३ महिना पछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।