विन नेपाल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कारोबार फुकुवा

Jan 18, 2022 04:16 PM Merolagani

विन नेपाल लघुवित्त वित्तीय संस्था (WNLB) को थप शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

साविकको नेपाल सेवा र विन लघुवित्त बीच मर्जर पश्चात कायम हुन आएको ७ लाख २४ हजार ४६३ कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत रहेको साविकको नेपाल सेवा र विन लघुवित्तबीच एक आपसमा १ बराबर ०.७५ को अनुपातमा मर्ज भएको थियो । त्यसपश्चत कायम हुन आएको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस अघि नेपाल सेवा लघुवित्तको नामका रहेको शेयर विन नेपाल लघुवित्तको नाममा कारोबार हुनेछ ।

नेप्सेले विन नेपालको शेयरलाई नेप्सेले डब्लुएनएलबी कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा लघुवित्तको शेयर कारोबार हुनेछ ।

नेप्सेले सूचीकरण तथा मर्जर प्रयोजनको लागि रोक्का राखेको शेयर कारोबार पनि फुकुवा गरेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।