मंगलबार थपिए हालसम्मकै धेरै संक्रमित, एकैदिन थप १० हजार २५८ जनामा काेराेना पुष्टि

Jan 18, 2022 04:27 PM Merolagani

मंगलबार हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थप १० हजार २५८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २२ हजार ८२८ परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार १७ हजार ८७२ पीसीआर परीक्षणमध्ये ८ हजार ७३० जनामा र चार हजार ९५६ एन्टिजेन परीक्षणमध्ये एक हजार ५२८ जनामा संक्रमण पुष्टि भएको छ । यस अघि २०७८ को वैशाख २८ गते, ९ हजार ४८३ जना संक्रमित थपिएका थिए । 

यसैगरी एक दिनमा कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ । सोहि अवधिमा ५६२ जना मात्र कोरोना निको भएका छन् ।

हाल देशभरमा ३९ हजार ४४ जना सक्रिय संक्रमित छन् । अहिले १०० जनामा क्वारेन्टिनमा छन् ।

उपत्यकामा नै ५,५४९ जना संक्रमित

आज काठमाडौंमा ४,००४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जनामा कोभिड १९ पुष्टि भएको छ । यसरी एकैदिन उपत्यकामा नै पाँच हजार ५४९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।