वित्तीय विवरण प्रकाशनको चटारोमा बैंकर, कर्मचारीमा कोरोना देखिन थालेपछि तनाब थपियो

Jan 18, 2022 05:01 PM Merolagani

दोस्रो त्रैमास भर्खरै सकिएकोले यतिबेला बैंकरलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने चटारो छ। बैंकहरु वित्तीय विवरण बनाउन लागि परेका छन् तर बैंकका कर्मचारीहरुमा नै कोरोना संक्रमण बढ्न थालेपछि समस्या थपिएको छ।

नियामकीय व्यवस्था अनुसार त्रैमास सकिएको १५ दिनभित्रै अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्नु पर्ने हुन्छ। तर यहि बेला बैंकका कर्मचारीमा धमाधम कोरोना देखिन थालेपछि समस्या भएको बैंकरहरु बताउछन्।

"वित्तीय विवरण सार्वजनिक गर्न चटारो छ। यही बेला कर्मचारीमा नै कोरोना संक्रमण देखिन थालेपछि समस्या भएको छ,"एक बैंकरले भने "हरेक शाखामा कोरोनाको संक्रमित भेटिन थालिसकेको छ।"

अहिले कोरोना संक्रमण बढ्दै गएको कारण बैंकहरुले आफ्ना शाखा कार्यालयहरु समेत धमाधम बन्द गर्न थालेका छन्। एउटै शाखामा ३ देखि ४ जना संक्रमित भएपछि बैंकहरुले शाखा कार्यालय नै बन्द गर्न थालेका हुन।

बैंकहरुले आगामी १५ गतेभित्रमै वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने छ। सहज रुपमा काम गर्न नपाएपछि समयमा नै वित्तीय विवरण प्रकाशनमा समेत कठिन हुन थालेको छ। अहिले कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि बैंकरहरु तनाबमा देखिन थालेका छन्।

वाणिज्य बैंक मात्रै होइन, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरु समेत वित्तीय विवरण सार्वजनिक गर्ने चटारोमा छन्।

मंगलबार कामना सेवा विकास बैंकले विवरण प्रकाशनमा ल्याइसकेको छ। बैंकले सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा पहिला वित्तीय विवरण सार्वजनिक गरेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।