यस अवधिमा सबै भन्दा धेरै नाफा कमाउने एनआईसी एशिया बैंक पहिलो स्थानमा रहेको छ । बैंकले मंसिरसम्ममा २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरको हो ।
यस्तै ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ८९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड रूपैयाँ, प्राइम बैंकले १ अर्ब ५० कराेड रूपैयाँ, प्रभु बैंकले १ अर्ब ३७ कराेड रूपैयाँ, एनएमबी बैंकले १ अर्ब ३६ कराेड रूपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै सिद्धार्थ बैंकले १ अर्ब ३३ कराेड रूपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड रुपैयाँ, मेगा बैंकले १ अर्ब २६ कराेड रूपैयाँ र नेपाल बैंकले १ अर्ब ३ करोड नाफा आर्जन गरेका छन् ।
बाँकी कुनै पनि वाणिज्य बैंकहरूले नाफा अर्ब माथि पुर्याउन सकेका छैनन् ।
सबै भन्दा कम नाफा कमाउनेमा भने सेञ्चुरी कर्मशियल बैंक रहेको छ । सेञ्चुरीले यस अवधिमा ४० करोड २५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।