पूँजी बजारको विकास बिना आर्थिक समृद्धि असम्भव, राजनीतिक पार्टीहरुको दृष्टिकोण बदल्न जरुरी

Jan 22, 2022 10:18 AM Merolagani

हरी कुमार कार्की
शेयर बजारलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म मुलुकमा आर्थिक समृद्धि ल्याउन असम्भव छ। अहिले राजनीतिक पार्टीहरुले राष्ट्रमा समृद्धि ल्याउनु पर्ने भन्दै भाषण गरेको भएता पनि कसरी सम्भव हुन्छ भनेर प्रष्ट नभएको बुझिन्छ।

पूँजीबजार अर्थतन्त्रको बलियो आधार हो। अब राजनीति व्यक्तिहरुले पनि शेयर बजार अर्थतन्त्रको मेरुदण्ड हो र यसको विकास विना देशको विकास असम्भव छ भन्ने बुझ्न  पर्छ। अन्य मूलुकले पनि पूँजीबजारको समानान्तर रुपमा विकास गरेकाले नै आर्थिक प्रगति हासिल गर्न सफल भएका हुन्।

मुलुकमा चुनावी मिति नजिक आउदैछ। अब हुने चुनाव विगतका वर्षहरुको जस्तो होईन। यस पटक शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या बढेको छ। शेयर बजार प्रति कुन राजनीतिक पार्टीहरुकाे धारणा कस्तो छ भनेर ति लगानीकर्ताहरुले हेक्का गरेका छन्। त्यसैले राजनीति पार्टीहरुले बजार प्रतिको नकारात्मक दृष्टिकोण बदलेर बजार विकासको अभियान चलाउनुको विकल्प छैन।

हाम्रो छिमेकी राष्ट्र चीनको बेनसाओ विनको उदय पछि बहुराष्ट्रिय कम्पनीहरु सूचीकृत गरेर ओपन डाेर पोलिसी अपनाएका थिए। तब मात्र चीनको उत्थान भएको पाइन्छ। साङ्घाई स्टक एक्सचेञ्ज संसारकै तेस्रो सम्पन्न एक्सचेञ्जको रुपमा रहेको छ। कम्युनिस्ट राष्ट्र जहा बहुदलिय व्यवस्था नै छैन, त्यस्तो देशले पूँजी बजारलाई नै आधार बनाएर औद्याेगिक समृद्धि हासिल गरेको छ र त छोटो समयमा नै अर्थतन्त्रको बलियो आधार बनाउन सफल भएको छ। त्यसैगरी, समकालिन अरु कम्युनिस्ट मुलुकहरुले पनि स्टक एक्सचेञ्जलाई नै महत्व दिएकाले अर्थतन्त्रको विकास गर्न सम्भव भएको बुझिन्छ। तर नेपालका नेताहरुले बजारको बारेमा विरोधाभास कुरा गर्दै हिड्ने गरेको छन्। त्यसले पनि बजार झन मर्कामा पर्ने गरेको छ।

नेपालमा स्वस्फूर्त रुपमा लगानी गर्न हौसिएको पाइन्छ। यो राज्यको लागि गौरव गर्ने विषय हो। लगानीकर्ताहरु उत्साहित हुन सकेमा मात्र मुलुकमा थप लगानी भित्रने वातावरण बन्न सक्नेछ। राज्यले यसलाई प्राेत्साहन गर्नुपर्ने हुन्छ। शेयर बजार मार्फत सानो तिनो लगानी गर्ने विकास भइरहदा विस्तारै लगानी गर्नुपर्छ भन्ने कुराको विकास हुन्छ। जसले गर्दा मुलुकमा स्वदेशी वस्तुको उत्पादनमा वृद्धि हुन्छ। सबै नागरिक लगानी गर्नको लागि प्रेरित हुने वातावरणको सिर्जना हुन्छ। त्यसबाट राज्यले पनि आर्वौको राजश्व संकलनको बलियो स्रोत बन्नेछ।

तर, नेपालमा शेयर बजारलाई सबै तर्फबाट नियन्त्रण गर्न खोजिएको छ। जसले गर्दा बजारमा लगानीकर्ताहरु उत्सहित हुन सकिरहेका छैनन्। नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा गरेको कडाईले लगानीकर्ताको मनोभावना डगमगायो। त्यसको प्रभावले बजारले द्रुत गतिको करेक्सन झेल्न बाध्य भयो। अझै पनि शेयर कर्जामा गरिएको सीमा फुकुवा गर्नुपर्ने हुन्छ र तरलता व्यवस्थापनमा राष्ट्रिय अन्तरराष्ट्रिय स्रोतहरु परिचालित गर्नुपर्ने हुन्छ।

पछिल्लो समय नेपाल राष्ट्र बैंककै तर्फबाट बजारमा तरलता सहज बनाउनको लागि पहल कदमी गर्दैछ। पछिल्ला केही गल्तिहरुलाई सुधार गर्दै केन्द्रिय बैंकले बजारमा तरलता सहजीकरण गर्ने कदमहरु चालेको छ। त्यसले पनि बजारमा सकारात्मक भुमिका खेलेको छ।

यस हप्ताको बजार सकारात्मक भएर बसेको छ। अब राम्रोसँग बजार बढ्ने देखिन्छ। पुस महिनालाई बजारमा करेक्सन हुने महिनाको रुपमा हेरिने गरेको भएता पनि यस पटक बजार पुस महिनामा नै र्फकन सुरु गर्यो। यसले पनि बजार सहज हुनसक्ने देखिन्छ। कोरोना संक्रमण दर बढ्दै गर्दा बजारमा पुनः लगानी भित्रिएको छ भने उच्च विन्दुमा शेयर विक्री गरेर बजारबाट निस्किएका लगानीकर्ताहरु पुनः बजार प्रवेश गरेका छन्। अहिले विस्तारै बढ्दै गरेको कारोबार रकमले पनि प्रष्ट पारेको छ।

सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदनहरु सार्वजनिक गर्ने समय हो। केही बैंक तथा वित्तीय संस्थाहरुको सन्तोषजनक विवरण आएको छ। त्यसले पनि बजारमा थप लगानीकर्ता भित्रने समय भएको छ।

आधारभूत रुपमा र्हेदा अझैपनि केही कम्पनीको शेयरमूल्य न्यून विन्दुमा रहेको छ। सूचकको आधारमा हेर्दा मात्र बजार माथि पुगेको जस्तो देखिन्छ, तर त्यसो होईन। बजारमा कम्पनीहरुको पूँजी वृद्धि र थप नयाँ कम्पनीहरु बजारमा प्रवेशको कारण पनि सूचक माथि पुगेको हो। मूल्यको हिसावले हेर्ने हो भने अझै पनि बजार तल्लो विन्दुमा नै छ। पहिले नेप्से सूचक १८०० को विन्दुमा नै हुँदाका त्यहि पूँजी सहितका कम्पनीहरु मात्र भएको भए बजार अझै तल नै हुने थियो। त्यसैले हल्ला गरिए अनुसार शतप्रशित बजार बढ्यो भन्ने कुरासँग म सहमत हुन सक्दिन।

त्यसैले, अब बजार यो विन्दुलाई आधार बनाएर माथि जान्छ। यो विन्दुमा बजार प्रवेश गर्नेले राम्रो लाभ हासिल गर्नसक्ने देखिन्छ। लगानीकर्ताले बजार प्रवेश गर्दा एउटा पूँजीगत लाभ र दोस्रो कम्पनीले वितरण गर्ने प्रतिफललाई आधार माने लगानी गर्नुपर्ने हुन्छ।

यहाँ लगानीकर्ता पनि बजारमा प्रति केही जिम्मेवार हुन जरुरी छ। प्रतिफललाई आधार मानेर लगानी गर्नुपर्छ। त्यसो हुँदा कुनै कम्पनीको शेयर एक लगानीकर्तामा धेरै समयको लागि रहन्छ। आधारभूत बलियो कम्पनीको छनोट गरेर लगानीकर्ता तत्कालको लागि मूल्य नबढे पनि कम्पनीले वितरण गर्ने लाभांश दरले लगानीलाई नोक्सानी हुन दिदैन। पूँजीगत लाभलाई मात्र धेरै महत्व दिँदा छिटै बिक्री गर्न हतार गर्दा समग्र बजार सहित स्वयम् लगानीको समेत जोखिम बढ्ने हुन्छ। त्यसैले लगानीकर्ताहरु सचेत भएर लगानी गर्नुपर्छ।

विस्तारै नेपालको धितोपत्र बजारमा अन्य विभिन्न क्षेत्रका कम्पनीहरु पनि भित्रने क्रम जारी छ। त्यसले पक्कै पनि लगानीकर्ताको हित हुने देखिन्छ। त्यसैले गर्दा नेपाली शेयर बजारको भविष्य सुनौलो हुने देखिन्छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।