तेस्रो टेलिकम कम्पनीमा सिजीको चर्चा, एनटीसी र एनसेललाई टक्कर दिन कति सहज ?

Jan 23, 2022 03:01 PM Merolagani

युबराज बस्नेत

कुनै समय नेपालमा ६ ओटा टेलिकम कम्पनी सञ्चालनमा थिए । त्यतिबेला सेवा लिनका लागी ग्राहकको क्रेज समेत राम्रै थियो । तर, अहिले दुई ओटा सेवा प्रदायकको भरमा नेपालको टेलिकम क्षेत्र रुमल्लिरहेकाे छ ।

युनिफाइड लाइसेन्स लिएर बसेका सेवाप्रदायक कम्पनी पनि थला परेर अबौं बक्यौता भुक्तानी गर्न सकिरहेका छैनन् । युटिएल, नेपाल स्याटेलाइट टेलिकम यतिबेला टाट पल्टिएर सेवा सञ्चालन गर्न नै छोडिसकेका छन ।

हाल तेस्रो मोबाइल सेवाप्रदायकको रुपमा सञ्चालनमा रहेको कम्पनी स्मार्ट टेलिकम पनि ५ अर्ब भन्दा बढी बक्यौता सरकारलाई भुक्तानी गर्न नसकेर खारेजीको प्रक्रियामा छ । खारेजी मात्रै होइन, सरकारले स्मार्ट टेलिकमलाई आफ्नो स्वामित्वमा लिन सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन नियमावली मन्त्रीपरिषद्मा समेत पठाइसकेको छ ।

अहिले नेपालको टेलिकम उद्योगमा दुई ओटा टेलिकम कम्पनी मात्रै सञ्चालनमा छन् । नेपालमा दुई ओटा कम्पनीले ‘डुओपोली’ गरिरहदा तेस्रो टेलिकम कम्पनी पनि खोजी भइरहेको छ । यति हुदाँ हुँदै पनि सरोकारवाला र नियामकले नै तेस्रो टेलिकम कम्पनी आवश्यक छ भन्दै आएका छन् ।

कुनै समय तेस्रो टेलिकम कम्पनीको रुपमा स्मार्ट टेलिकम पनि आक्रामक रुपमै आएको थियो । तर, सफल हुन सकेन ।

 

नियामक तथा सरकारले यतिबेला नेपालमा नयाँ टेलिकम कम्पनी ल्याउने छाँटकाँट देखाएको छ । लाइसेन्स अनुमातिको लिएर सेवा सञ्चालन गर्न तयारी अवस्थामा छ चौधरी समुहको सिजी टेलिकम ।

अहिले सरकार स्मार्ट टेलिकमको लाइसेन्स खोसेर सिजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिने तयारी गरिरहेको छ । विगत १० बर्षदेखि युनिफाइड लाइसेन्सका लागि सरकारसँग विभिन्न तबरबाट लविङ् गर्दै आएको सिजीलाई अब भने शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रवेश गराउने तयारी गरिरहेको छ ।

सिजी टेलिकमलाई अनुमति दिने तयारी भइरहदा एनसेल र नेपाल टेलिकमले एकाधिकार जमाइरहेको बजारमा कसरी हाबी हुन सक्ला भन्ने प्रश्न चिन्ह खडा भएको छ । दुई टेलिकम कम्पनीले देशभर नेटवर्क विस्तार गरिसकेका छन् । सबैजसो स्थानमा नेपाल टेलिकम र एनसेलको पूर्वाधार पुगेको छ ।

यस्तो अवस्थामा सिजी टेलिकमलाई दुई टेलिकम कम्पनीको दबदबा तोड्न र नयाँ मोडालिटि मार्फत बजारमा हाबी हुने कुरा सम्भव नभएको दूरसञ्चार बिज्ञहरु बताउछन ।

दूरसञ्चार बिज्ञ आनन्दराज खनालले पूर्वाधार विकास गरेर ठूलो रकम परिचालन गरेर मात्रै सिजी टेलिकम बजारमा हाबी हुन्छु भन्ने सम्भावना नभएको बताए ।

‘छोटो समयमा दुई चार ओटा सहरमा मात्रै केन्द्रीत रहेर व्यापार गर्ने हो भने सम्भव होला  । तर, भएको टेलिकम कम्पनीलाई नै टक्कर दिने गरी देशव्यापी नेटवर्क बनाएर सेवा दिन सक्दैन’ खनालले भने ।

उनका अनुसार लगानी र समयका हिसाबले मार्केट डोमिनेट गर्न सिजी टेलिकमलाई सम्भव छैन ।

खनाल भन्छन‘ अहिले जुनखालको मोबाइल सेवाप्रदायक कम्पनीले सरकार र नियामकलाई बुझाउनु पर्ने दायित्व छ  । त्यो दायित्वले अहिलेको जुन बिजनेश मोडल र प्रयोग भइरहेका छ त्यो शक्ति नयाँ आउने टेलिकम कम्पनीले (तादात्मय) क्षमता राख्छ भन्ने मेरो बुझाइ होइन ।’ 

नयाँ आउनेले मात्रै होइन अहिले सञ्चालनमा भइरहेकै सेवाप्रदायकले सेवा दिएर नाफा कमाएर नेपालमा व्यापार गर्न सक्छ भन्ने कुरा ‘डाउडफूल’ लाग्ने उनको भनाई छ ।

अहिले टेलिकम कम्पनीहरुले लाइसेन्स नविकरण बापत बुझाउनु पर्ने २० अर्ब रुपैयाँ पासो बनिरहेको अवस्था छ ।

त्यस्तै नेपाल टेलिकमका एक पूर्व प्रबन्ध निर्देशकले भारत जस्तो ठूलो जनसङ्ख्या भएको देशमा दुई ओटा टेलिकम कम्पनी मात्रै हाबी हुने र तेस्रो अप्रेटर बाँच्न नसक्ने अवस्था आइसक्यो भने नेपालमा जिओको रणनीति अपनाउछु भनेर आउने टेलिकम कम्पनी सस्टेनेबल नहुने बताउछन ।

‘लाइसेन्स र फ्रिक्वेन्सी लिइरहने पछि कुनै समयमा गएर लाइसेन्स र फ्रिक्वेन्स मार्फत पैसा कमाउने रणनीति मात्रै हो भन्ने देखिन्छ’ ती पूर्व प्रबन्ध निर्देशकले भने ‘स्मार्टमा पनि लगानीकर्ता थिए तर, अहिले टाट पल्टीएर अबौं रुपैयाँ तिर्न सकेको छैन ।’ 

‘आजको दिनमा भारत र नेपालको टेलिकम उद्योगको मार्केट सिनारियोले तुरुन्तै नयाँ कम्पनी ल्याएर मार्केट डोमिनेट गर्न सक्छ भन्ने मलाई लाग्दैन्’ ती पूर्व अध्यक्षले भने । ठूलो लगानी चाहिने क्षेत्र भएको कारण टेलिकम क्षेत्र सजिलै नाफा कमाउने क्षेत्र नभएको उनको भनाई छ । 

उनका अनुसार नेपाल टेलिकम र एनसेलका ग्राहकलाई जस्तोसुकै नयाँ अप्रेटर आए पनि देशव्यापी पूर्वाधार विकास गरेर टक्कर दिन सजिलो र सहज छैन् ।

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा भने नेपालमा तेस्रो टेलिकम कम्पनी आवश्यक रहेको र नयाँ आउने कम्पनीले बजार बनाउन सक्ने आधार रहेको बताउँछन ।‘ भारतमा धेरै सेवा प्रदायक थिए ।  तर, अहिले पछि आएको जियोले बजार खाइदिएको छ’  झा भने।

सिजी टेलिकमले युनिफाइड लाइसेन्स पाएको खण्डमा नेपालमा मोबाइल सेवा विस्तार गर्न २५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।