६ महिनामै भित्रिए २५ अर्ब रुपैयाँका ३५ लाख मोबाइल सेट, चीनबाट मात्रै साढे १५ अर्बको आयात

Jan 24, 2022 12:51 PM Merolagani

चालु आर्थिक बर्ष २०७८÷७९को ६ महिनामा २५ अर्ब ६२ करोड बराबरका मोबाइल फोन आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार २५ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ओटा मोबाइल भित्रिएका हुन् ।

गत आर्थिक २०७७/०८८को पुससम्म नेपालमा २० अर्ब ६३ करोडका रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो ।

नेपाली बजारमा सबै भन्दा बढी चीन र भारत र भियतनामबाट मोबाइल आउने गरेको भन्सार विभागले जनाएको छ ।

चालु आवको ६ महिनामा चीनबाट मात्रै १५ अर्ब ४९ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको छन् भने भारतबाट ९ अर्ब ५० करोड र भियतनामबाट ७८ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको ६ महिनमा भित्रिएका मोबाइलबाट सरकारले चार अर्ब पाँच करोड राजस्व सक‍लन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।