मिर्मिरे लघुवित्त मर्जरमा नै जानुपर्ने हुन्छ

Jan 24, 2022 05:52 PM MeroLagani

पुष्करराज जोशी
तरलता समस्याले गर्दा लघुवित्तलाई धेरै नै असर गरेको छ । वाणिज्य बैंकहरुले निक्षेपमा बढी व्याज दिँदा त्यही अनुसार ऋणमा पनि बढी लिन्छन् । लघुवित्तको ऋणको व्याजदरमा माथिल्लो सिलिङ हुन्छ ।

१५ प्रतिशतभन्दा माथि हामीले लिन पाउँदैन । हाम्रो कस्ट अफ फन्ड एकदमै बढेर स्पे्रड रेट चाँहि एकदमै घटेको छ । पहिला कस्ट अफ फन्ड ६ प्रतिशतको हाराहारीमा थियो, अहिले झन्डै ९ प्रतिशत पुगिसकेको अवस्था छ । ३ प्रतिशतले कस्ट अफ फन्ड बढ्नु भनेको त्यतिले नाफामा असर गर्छ ।

दोस्रो त्रैमासिक लघुवित्तको रिपोर्ट त कार्तिक, मंसीरको कस्ट अफ फन्डको कारणले त्यति धेरै नघट्ला जस्तो लाग्छ । चैत्र र असारमा निस्कने लघुवित्तको रिपोर्टमा धेरै असर देखिन्छ । मेरो विचारमा दोस्रो त्रैमासिक रिपोर्ट थोरैले मात्र घटेको आउँछ । हामीले थोक रुपमा बैंकहरु र केही होलसेल लघुवित्तबाट कर्जा लिने हो । दोस्रो त्रैमासिकमा विस्तारै कस्ट अफ फन्ड बढ्न थालेको हो । तिनीहरुले लघुवित्तलाई लिने कर्जाको व्याजदर बढाइदियो । कि त ऋण चुक्ता गर्नुस् कि व्याज दर बढ्छ भनिदिन्छ । चुक्ता गर्न सक्ने अवस्था हामीसँग छैन । अहिले लघुवित्तको वृद्धि भनेकै बचत निक्षेपबाट मात्रै हो । लघुवित्तले बचत परिचलन पनि ग्राहकभन्दा बाहिर जान मिल्दैन । लघुवित्तको ग्राहक सर्कल भनेको एकदमै सानो छ । । हाम्रो आफ्नै ग्राहकसँग मात्रै सीमित मात्रामा निक्षेप संकलन गर्न पाउँछ । हामीले ऋण लिने भनेकै वाणिज्य बैंकहरु र होलसेल लघुवित्त बैकिङ गर्ने आरएसडीसी, आरएमडीसी, साना किसानलगायतहरुसँग मात्रै हो ।

तरलता समस्याले धेरै असर गरेकै लघुवित्तलाई हो भन्न नसकेको मात्र हो । वाणिज्य बैकले व्याज दर बढ्यो भनेर १० प्रतिशतले निक्षेपमा व्याज दर बढ्ला लघुवित्तको सवालमा व्याज दर बढ्यो भनेर शत प्रतिशतसम्म पनि कर्जामा व्याज दर बढाइदिन्छ । हामीले ग्राहकसँग लिने व्याज दरको सीमा भने निश्चित गरिएको छ । हामीले ग्राहकसँग १५ प्रतिशतभन्दा बढी कर्जामा व्याज लिन पाउँदैनौं । लघुवित्त एसोसिएसन १५ प्रतिशतको सीमा चलाउन लागि परेको छ ।

म यसअघि भार्गव विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर कार्य गरेको अनुभव छ । भार्गव शाइन रेसुंगासँग मर्ज भएपछि मिर्मिरे माइक्रोफाइनान्सको सीइओ भएको हो ।

धेरै बैंक तथा वित्तिय संस्था मर्जर हुनु पनि राम्रै हो । सञ्चालकहरु, प्रमुख कार्यकारीहरु अलिकति बेरोजगार हुन्छन भनेर मात्र हो । ग्रोथ र स्ट्रेन्थको हिसाबले मर्जर हुनु राम्रो हो ।

लघुवित्तहरु एक हिसाबले हेर्ने हो भने चाहिने भन्दा धेरै छन । धेरै भएर प्रतिस्पर्धा हुनु पनि राम्रो हो । बढी भयो भने अनुचित प्रतिस्पर्धा हुन्छ । यसलाई घटाउनलाई पनि राष्ट्र बैंकले मर्जर गराउन खोजेको हो ।

नेपाल राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी संस्थागत शेयर भएका लघुवित्तहरुलाई एक आपसमा मर्जर गर भनेर असार सम्मको समय दिएको अवस्था छ । असारसम्म १० प्रतिशतभन्दा बढी भएकाले आफ्नो शेयर बेचेर १० प्रतिशतभन्दा तल आउन पनि सक्छ । त्यतिबेलासम्म मर्जरमा जान नचाहनेले शेयर किनबेच गरेर १० प्रतिशतभन्दा मुनिको होल्डिङमा पनि बस्न सक्छ । कुनै बैंकका एउटा लघुवित्तमा १५ प्रतिशत शेयर छ भने ६ प्रतिशत बेचेर ९ प्रतिशतमा झार्न सकिहाल्यो नि । यो विषयमा एनआइसी एसियाले सूचना निकालिसकेको अवस्था छ । राष्ट्र बैंकले नै तिमीहरु आफू आफूमा कसले बेच्ने कसले किन्ने मिलेर आऊ भनेको हो । मेरो विचारमा यसलाई फोर्सफुल मर्जर गर भनेको रुपमा लिनु हुँदैन । स्वतःस्फूर्त रुपमा जाउ नै भनेको हो ।

मिर्मिरे लघुवित्तको सवालमा सिर्जनशील लघुवित्तसँग मर्जर तोडिएको छ । यो हामीले भन्दा पनि अर्को पक्षको कारणले तोडिएको हो । मर्जर तोडिनुमा हाम्रो दोष नभए पनि मर्जर विनियमावली अनुसारको कारवाही हामीले पनि भोग्नुपर्नेछ । तीन वर्षसम्म लाभांश बाँड्नमा रोक लगाउने, शाखा खोल्न नदिने र पुनरकर्जा नदिने जस्ता कारवाही हुन्छ । त्यसकारण हामीले कुनै अर्को संस्थासँग मर्जरको लागि कुराकानीकै चरणमा छौं । यसवर्ष पनि २० प्रतिशत बोनस शेयर पारित गर्न दिएको अवस्था भए पनि अर्को संस्थासँग सफलतापुर्वक मर्जर सम्पन्न नगरुन्जेल वितरण गर्न रोक्का राखिएको छ । वितरण गर्न नपाएपछि स्वीकृति मात्र गरेर पनि काम भएन ।

तीन वर्षसम्म लाभांश वितरण गर्न नपाउने अवस्था आउँदा हाम्रो जस्तो लगानीकर्ता धेरै भएको संस्थाले धान्न सक्दैन । लगानीकर्ताको प्रेसर थेग्न पनि अर्को मर्जर गनैपर्ने हुन्छ । अहिले हामी नयाँ संस्थासँगको मर्जरको लागि तीव्र खोजीमा लागिरहेका छौं । धेरै संस्थाहरुसँग वार्ता भइरहेको छ । ठोस निष्कर्षमा पुगिसकेको अवस्था भने छैन । हाम्रो उद्देश्य भनेको सकेसम्म आफुभन्दा सानो संस्थासँग मर्जर गर्ने नै हो । मिर्मिरे माइक्रोफाइनान्स बजारमा प्रधिस्पर्धी लघुवित्तहरुमध्ये नै पर्न आउँछ । व्यापार, पुँजीको हिसाबले हामी अरु कुनै लघुवित्तभन्दा कम छैन । झन धेरै लघुवित्त बैंकको सब्सिडरी कम्पनीको रुपमा कार्य गरेको छ । मिर्मिरेमा ठूलो संस्थागत लगानी छैन । व्यक्तिहरुको मात्रै लगानी धेरै छ । यति हुँदा हुँदै पनि लघुवित्त क्षेत्रमा राम्रै संस्थामध्ये पर्छौ । त्यसकारण कुनै सानो संस्थालाई एक्वाएयर गरेर भए पनि हाम्रो संस्था अगाडि बढिरहेको छ ।

मेरो विचारमा तरलता समस्या भनेको नेपालको बैकिङको सवालमा बल्झिरहने समस्या हो । लघुवित्तलाई पनि स्प्रेड रेट र बेस रेट तोकेर माथिल्लो स्लाब हटाउँदा नै ठिक होला जस्तो लाग्छ ।

(मिर्मिरे माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत जोशीसँग बाबुकृष्ण महर्जनले गरेको कुराकानीमा आधारित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।